
पथरी । पथरीशनिश्चरे नगरमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको राष्ट्रिय अभियानलाई तिब्र ढंगले संचालन गरिरहेको छ ।
देशब्यापी रुपमा सञ्चालन गरिरहेको ‘जनतासँग माओवादी’ ३ महिने अभियान कार्यक्रम पथरीशनिश्चरे नगरमा तिब्र ढंगले गरिरहेको हो ।
यहि अभियानमा पथरीशनिश्चरे ४ मा रनकुमार राईको अध्यक्षतामा ९ सदस्यीय टोल कमिटी गठन गरेको छ ।
नव गठित समितिको सचिव मचिन्द्र लिम्बू, कोषाध्यक्षमा राधिका लिम्बू सदस्यहरु लाखबहादुर राई, फुलमाया गिरी, मिलन भुजेल, सीता श्रेष्ठ, मीरा मगर, र सीता पौडेली रहेका छन ।
यसैगरी, सम्झना चोकमा नै जानुका श्रेष्ठको अध्यक्षतामा सीता श्रेष्ठ सचिव, निशा राई कोषाध्यक्ष सदस्यहरु टीकामाया राई, खुशीमाया भुजेल, फुलमाया गिरी, भिमा विश्वकर्मा, शोभाकुमारी राई, नरदेवी राई, कुमारी राई र जीतकुमारी राई संगठित भए ।
नेकपा (माओबादी केन्द) केन्द्रीय सदस्य एवं अभियानको नगर ईञ्चार्ज सरस्वती पोखरेलको अगुवाइमा अभियान संचालन गरिरहेको छ । तस्वीर मोहन भट्टराई





