पथरी । कार्तिक १० वाट चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिगको तयारीमा जुटेका छन् । पहिलो संस्करणमा ५ टोली सहभागी लिगको दोश्रो संस्करणमा ८ टोली सहभागी भए । चौथो संस्करणमा आइपुग्दा नियमित २ टोली बाहिरिदा १ नयाँ टोली लिगमा समाबेश भएको छ । तेश्रो संस्करण बाट सहभागी भएको आइतवारे अस्त्र य पटक उपाधी जित्ने लक्ष्यका साथ मैदान उत्रीने तयारीमा छ । सोही अनुरुप आइतबारे अस्त्रले अक्सन अघि नै जिल्ला स्तरीय उमेर समुहका खेलाडी आदर्श कार्कीलाई रिटर्न गरेको छ।
। यश बर्ष बाट ४ जना नगर बाहिरका खेलाडिलाई पनि टिममा समाबेश गर्न पाइने नियम अनुसार नै राम्रा खेलाडीलाई टिमले अनुबन्धन गरेको टिमका सचिव हेमन्त ओझा बताउछ्न ।
अस्त्रले यस पटक टोलीमा नयाँ प्रतिभालाई समावेस गरेर टिम निर्माण गरेको छ भने टिममा आबद्ध सबै खेलाडिको दुर्घटन बिमा गरेको छ साथै सबै खेलाडिको पारिश्रमिक बैक मार्फत नै टिमले भुक्तानी गर्दै आएको छ ।
बैदेशीक रोजगारीमा रहेका र नेपालमा रहेका खेल प्रेमीले गरेको आर्थिक साहयता नै टिम सन्चालनको मुख्य मेरुदण्ड रहेको टिमका अध्यक्ष राजेश कुइकेलले बताए ।
पिएसपिएलको उपाधी दौडमा रहेका टिमहरुको प्रशिक्षण र अभ्यासले यश पटक लिगको थप चार्म बडेको छ । यश पटक नगर बाहिरका १३२ जना खेलाडी ड्राफ्टमा समेटिए संगै २२ जना खेलाडी ७ टोलीमा अनुबन्धित भएका छ्न ।
टिममा अनुबन्धित भएका खेलाडिहरु नियमित प्रशिक्षणमा रहेका छ्न । मैदान अभाब बाबजुत अस्त्रले जनता माबिको खेल मैदानलाई होम ग्राउन्ड का रुपमा प्रयोग गरिरहेको छ् ।
क्लबका लागि राम्रो नतिजा दिन आफू प्रयास गर्ने नगर बाहिरका प्रशिक्षणमा रहेका खेलाडीहरु बताछन ।

तपाईको प्रतिक्रिया