विजय खम्बु
आफनो कारखाना अगाडी फजुलाल हक मिंया ।
पथरी । पथरीशनिश्चरे नगरपालिका १० जिरिखिम्ती मोरङमा फजुलाल हक मियाले थोत्रा प्लाष्टिक बोत्तलले पैसा साटिरहेका छन ।
भारत पूर्णिया घर भएका ३४ वर्षका फजुलाल हक मिंयाले चिसो पेय पदार्थ र पिउने पानीको बोत्तल संकलन गरेर मनग्य आम्दानी गरिरहेका हुन ।

प्लाष्टिक उद्योगमा पुर्याउन ब्याण्डीङ गरेर गाडीमा लोड गरेको अवस्थामा राखिएका कच्चा पदार्थ ।
२०६२ सालमा भारतबाट पथरी बजारको एक कवाडी पसलमा काम गर्न आएका थिए । साइकलमा थोत्राथोत्री कवाडीका सामान संकलन गरेर ब्यापार सुरु गरेका उनीसंग अहिले पथरी, लेटाङ नगरपालिका र उर्लाबारी नगरपालिकामा समेत कवाडी संकलन केन्द्रका डिपो (डिलर) हरु छ ।
पथरीशनिश्चरे १० जिरिखिम्तीमा १५ लाख रुपैयाँको लागतमा प्लाष्टिकका बोत्तलहरु च्याप्टाएर ब्याण्डीङ गर्ने मेसिन समेत राख्न सफल भएका छन ।
स्थानिय मदन पोख्रेल बिद्याको करिब ३ कठठा जग्गा ३ वर्षको लागी बार्षिक १ लाख रुपैयाँ तिर्ने सर्तमा भाडामा लिएर ब्यावसाय चलाएका छन ।
आफु सफल ब्यवसायी हुनुमा परिवारको ठुलो हात रहेको बताउछन । श्रीमती, भाई, बहिनी सबैले उनको पेशामा साथ दिएका छन । यो कवाडीमा सबै जना मिलेर काम गर्छन । युवाहरुलाई रोजगारी समेत दिएका छन । प्लाष्टिकका बोत्तलहरु प्रतिकेजी २५ रुपैयाँको दरले खरिद गर्ने गरेको बताए । उनले विराटनगरको प्लाष्टिक उद्योगलाई ३५ रुपैयाँ प्रतिकेजी बेच्ने गरेको बताउँछन ।

फजुलाल हक मिंयाको कारखानामा संकलन गरेर ल्याएको प्लाष्टिकका बोत्तलहरु ।
प्लाष्टिकको बोत्तलहरु संकलन गरेर उनले आफ्नो ब्यवसाय संचालन गरेको देखिएपनि स्थानिय सरकारलाई मुख्य चुनौतीको रुपमा रहेको फोहोरमैला ब्यवस्थापनमा सहयोगीको भुमिका निर्वाह गरेका छन । तस्वीरहरु तिम्मा न्युज

तपाईको प्रतिक्रिया