विराटनगर । झापा गौरीगंज गाउँ पालिका ४ रुविना ताजपुरियाले नोवेल मेडिकल शिक्षण अस्पताल विराटनगरमा तिम्ल्याहा बच्चा जन्माएकी छिन ।
अप्रेसन गरेर २ जना १ किलो ३ सय ग्राम र १ जना २ किलो १ सय ग्रामको ३ छोराहरुलाई जन्म दिएकी हुन ।
तिम्ल्यहा बच्चा भएकोले तौल थोरै भएको नोवेल अस्पतालमा कार्यरत अप्रेसनमा संलग्न स्त्री तथा प्रसुती रोग बिशेषज्ञ प्रा. डा. शान्ति सुवेदीले जानकारी दिइन ।
ताजपुरियाको यस अघि २ छोरी रहेको परिवारले जानकारी दियो ।

तपाईको प्रतिक्रिया