पथरी । उमेरले ६९ वर्ष पुगेकी पुष्पकुमारी राई अहिले पनि सालका पात बेचेर पैसा कमाउछिन ।
पथरीशनिश्चरे १० जिरिखिम्तीको पूर्व पश्चिम महेन्द्र राजमार्ग किनारमा प्राय दैनिक जसो पातका मुठाको थाक सहित ग्राहकको पर्खाइमा हुन्छीन ।
आफै जंगल जान नसक्ने बताउदै साथीहरुले ल्याइदिएको पात बेचेर आफुलाई चिया नास्ता औषधी खान पात बेचेर कमाउने गरेको बताइन ।
साथीहरुले सालको पात ४० रुपैयाँमा आफुलाई दिने बताउदै आफुले ग्राहकलाई ५० रुपैयाँमा बेच्ने गरेको बताइन ।
स्थानिय पुष्पकुमारी राईको छोराछोरी नाति नातिनी सबै छन । तर पहिलादेखी नै ब्यापारमा लागेको हुनाले त्यसको तलतल मेटाउने पात बेच्ने गरेको राईले बताइन ।

तपाईको प्रतिक्रिया