
पथरी । पारिवारिक पृष्ठभुमि राजनिति रहेपनि शान्तिदेवी राईको योगदान शिक्षा क्षेत्रमा रह्यो ।
पथरीशनिश्चरे नगरमा माबि स्तरको शैक्षिक संस्था नेतृत्व गरेर संचालन गर्ने महिलाहरु मध्ये शान्तिदेवी राईको पनि नाम आउँछ । २०५८ सालदेखी पथरीशनिश्चरे १० मा रहेको अरुणदय सेकेण्डरी बोडिङ स्कुलको प्रिन्सीपल रहेर निरन्तर संचालन गरिरहेकी छिन ।
गत शैक्षिकसत्रदेखी कक्षा ११/१२ संचालनमा ल्याउन सफल भइन ।
गुणस्तरिय शिक्षाको लागी सुबिधासम्पन्न भवनहरु, यातायात सेवा, दक्ष तथा अनुभबि शिक्षक/शिक्षिकाहरुबाट गुणस्तरिय शिक्षा दिइ रहेको बताउछिन ।
प्याब्सनले आयोजना गर्ने खेलकुद प्रतियोगिता र नृत्य तथा गायन प्रतिस्पर्धामा अरुणदयले अनिबार्य उपस्थित हुदै आएको बताउछिन । खोटाङको साकेला गाउँपालिका २ रतन्छा साल्मेमा २०२१ सालमा जन्मीएकी शान्तिदेवी राईले अंग्रेजी, कानुन र राजनिति शास्त्रमा उच्च शिक्षा हाँसिल गरेकी छिन ।
२०४९ सालमा बिनोद पाहिमसंग बैवहिक सम्बन्धमा बाँधिएकी शान्तिकुमारी राई पारिवारिक सहयोग र अबिभाकको बिश्वासको कारण शैक्षिक संस्थाको नेतृत्व गर्न सफल भएको बताउछिन ।






