
पथरी । स्थानिय ब्यवसायी मानबहादुर श्रेष्ठले पथरी बजार संचालनमा ल्याएको यमाहा सोरुमको उदघाटन पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले उदघाटन गरेका छन ।
पिएमसी अटो ट्रेर्डसको ब्यानरबाट ब्यवसायी श्रेष्ठले आफनै निवास पथरीशनिश्चरे १ को गोर्खा डिपार्टमेन्ट उत्तरमा राखिएको सोरुम नगर प्रमुख तुम्बापोले उदघाटन गरेका हुन ।

नगर प्रमुख तुम्बापोले रिवन काटेर सोरुमको उदघा गरेका थिए । उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख तुम्बापोले आफुले २०६५ सालदेखी नै यमाहा कम्पनीले उत्पादन गरेको मोटरसाइकल प्रयोग गरेको तर धोका नपाएको बताउदै ब्यवसायिक सेवा लिन सबैलाई अनुरोध समेत गरेका थिए ।
९५ प्रतिशत मोटरसाइकल तथा स्कुटरको पाटपुर्जा पाइने र उच्च प्रबिधीको सर्भिसिङ सेवा रहेको जनाइएको छ ।








