रोयल किङका खेलाडीहरुको सामुहिक तस्वीर ।
पथरी । आज कात्तिक १० गते उदघाटन भएको चौथो पथरीशनिश्चरे प्रिमियर लिग क्रीकेट डिफेण्डीङ च्याम्पीयन सात बाघलाई हराउदै रोयल किङ विजयी भएको छ ।
पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापोले रिवन काटेर उदघाटन गरेको चौथो चरणको लिगमा सातबाघलाई ३४ रन अन्तरले पराजित गर्दै रोयल किङ विजयी भएको हो ।
लिगको प्रथम संस्करण विजेता रोयल किङले टस हारेर ब्याटिङमा उत्रीदा २० ओभरमा ८ बिकेट गुमाएर १३४ रन बनाउन सफल भएको थियो । रोयलको तर्फबाट शिवम यादबले नट आउट ३७ बनाउदा महेश कार्कीले २७ रनको योगदान गरेका थिए । संन्जय प्याक्राले १७ रन बनाए । सातबाघ लागी फिर्दोस अन्सारीले ४ बिकेट लिदा अस्विन महतले ३ बिकेट लिए ।

उदघाटन कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बिरोज मगर, पथरीशनिश्चरे नगरपालिका पूर्व प्रमुख दिलिपकुमार राई, प्रहरी निरिक्षक ब्रम्हादेव शाह, नगर प्रमुख मोहनप्रसाद तुम्बापो, पूर्व उपप्रमुख यमुना बिष्ट बास्तोला वडा न. २ का वडा अध्यक्ष नैना राई लगायत अतिथिहरु ।
१३५ रनको मध्यम लक्ष्य लिएर मैदान उत्रिएको सात बाघ १७ ओभर ५ बलमा अल आउट हुँदै १०० रनमा समेटियो ।
सातबाघका लागि फिर्दोस अन्सारीले २६, अस्विन महतले २५ र पुकार राईले १७ रन बनाउन बाहेक अन्य खेलाडिले दोहोरो रन जोडन सकेन्न ।
रोयलका शिवन यादब, राज बस्नेत, दिवस राजबंशी र सुवास भण्डारीले समान २/२ बिकेट लिए ।
भोलीको कात्तिक ११ गते पहिलो खेल बिहान ९ बजेदेखी बिएसटी र गोर्खा लिजेन्ट र दोस्रो खेल आइतबारे अस्त्र र रोयल किङबिच हुने आयोजकले जानकारी दिएको छ ।

सात बाघका खेलाडीहरुको सामुहिक तस्वीर ।
चौथो संस्करणमा सबैभन्दा बढी उमेरका वर्ष ४५ का राज बस्नेत र सबै भन्दा कम उमेर वर्ष ९ का सौरब बस्नेतको प्रदर्शन हेर्न सकिनेछ ।
पथरीशनिश्चरे नगरपालिका वडा न. १ मोरङमा स्थापित रोयल
खेलको म्यान अफ दि म्याच रोयलका शिवन यादब घोषित भए ।
सातबाघ पथरीशनिश्चरे ७ किर्तिपुरका अगुवा युवाहले स्थापना गरेको क्लव हो । यस क्लबले पथरीशनिश्चरे प्रिमियर लिगको दोस्रो र तेस्रो संस्करणको लिग बिजेता हो ।

प्रथम ट्रफि ।
करिब १० लाख रुपैयाँ अनुमानित खर्च हुने यस प्रतियोगिताको मुख्य प्रायोजक पथरीशनिश्चरे नगरपालिका रहेको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार नगद १ लाख ३१ हजार ट्रफि मेडल र प्रमाणपत्र रहेको छ । तस्वीर तिम्मा न्यूज 

तपाईको प्रतिक्रिया