
स्व. कर्णबहादुर राई । तस्वीर परिवार स्रोत
विजय खम्बु
पथरी । साविक पथरी गाँउ पञ्चायतको प्रधानपञ्च (जनप्रतिनिधि) भएर सेवा गरेका स्वर्गिय कर्णबहादुर राईलाई अब स्मरणपात्रको रुपमा मात्र लिन सकिन्छ । सट्टाभर्नाको माध्यमबाट पथरी बसाई सराई गरिआएका कर्णबहादुर राईलाई पथरीशनिश्चरे नगरले फेरी पनि स्मरण गर्नै पर्छ । पथरीशनिश्चरे नगरले आफनो राजननितिक अविभावकको रुपमा ग्रहण गरेको हुनाले पनि स्वा. राईलाई यस पटक स्मरण गरेका हौं ।
स्वा. कर्णबहादुर राई २००४ चैत्र १२ गतेको दिन गोपेटार पाँचथरमा जन्मीएका हुन भने २०६७ श्रावण १९ गतेको दिन ६३ वर्षको उमेरमा पथरीशनिश्चरे २ बुद्धचौकमा निधन भयो । बाबु÷आमा स्वा. नरबहादुर र फुलमती राईको छोरा कर्णबहादुर २०२७ सालमा पाँचथरबाट स. परिवार इलामको पेल्टीमारीमा बसाई सरि आएका थिए ।

स्वा. कर्णबहादुर राईको श्रीमती धनलक्ष्मी राई र छोरा प्रताप राई । तस्वीर तिम्मा न्यूज
पेल्टीमारिलाई राजा बिरेन्द्रले मृगस्थली एरिया बनाउने र उत्त क्षेत्रका बसोबासीलाई उठान क्षेत्र घोषणा गरेपछि सट्टाभर्ना अभियान सुरु भएको थियो । पथरीशनिश्चरे नगरपालिकाको वडा न. ३, ७ र ५ को सिमाना भोटेघुम्ती, किरातीचौक लगायत क्षेत्रमा बस्ती स्थानतरण गर्न टोकन वितरण भएपछि स्वा.कर्णबहादु राईको राजनितिक ब्यात्तित्व स्थापित हुन पुगेको समकालिनहरुको भनाई छ ।
सट्टाभर्नाको लागि पाएको जग्गा अवलोकन गर्न कर्णबहादुर राई, डम्बरबहादुर राई सहितको टोलीले आएर हेरि कृषियोग्य जमिनको रुपमा नदेखेपछि ठाउँसारी माग गर्न कर्णबहादुर राईको नेतृत्वमा डेलिगेसन गएर हालको पथरीशनिशचरे २ बुद्धचौक, लिच्चीडाँडा बिष्णुचौक र शान्तीचौक लगायत केन्द्र बनाएर बसोबस गर्ने वातावरण बनाई २०३६ सालमा जानकारहरुका अनुसार साधुखाल, आहालेखाल, भद्रासेखाल, गिरी, श्रीप्रसाद ढकाल, धारापानीखाल, साधुखाल, बाटोघरेखालहरु सहित करिब १८÷२० घर परिवार आएका थिए ।
राज्यको निति महेन्द्र राजमार्गदेखी ३ किलोमिटर जंगल राखेर बस्ती बनाउने योजना भए पनि जनताको माग अनुसार एक किलोमिटर क्षेत्रमा नै बसोबास गर्न कर्णबहादुर राईले पहल गरेको पथरीशनिश्चरे २ शान्तिचौकका स्थानिय वर्ष ६३ का हर्कबहादुर राई स्मरण गर्छन ।
त्यसबेलाको राजनितिक नेतृत्व सुर्यबहादुर थापासंग स्व. राईको सम्बन्ध राम्रो भएको हुँदा सट्टा स्थानतरण सम्भव भएको हर्कबहादुर राईको भनाई छ । कर्णबहादुर राईले २०४३ सालको स्थानिय पंचायतको निर्वाचन जितेर प्रधनपंच भएका थिए ।

स्वा. कर्णबहादुर राई सहितका स. परिवारको तस्वीर । स्रोत परिवार
पथरी पञ्चायत बनिएपछि २०३९ सालमा भएको पहिलो स्थानिय निर्वाचन हुँदा तत्कालिन प्रधानपञ्च कृष्णकुमार सुब्बासंग पराजित भएका कर्णबहादुर राईले २०४३ सालमा कृष्णकुमार सुब्बालाई पराजित गरेर आफुलाई प्रधानपञ्चमा निर्वाचित गराएका थिए ।
पेल्टीमारीबाट करिब ९ बिघा क्षेत्र जग्गा सट्टाभर्ना लिएर पथरी आएका कर्णबहादुर राईले आफनो अंस वापतको जग्गा करिब १ बिघा १० कठ्ठा जग्गा परेको थियो । कर्णबहादुर राईले जिवनमा ४ पटक निर्वाचन लडेका थिए । २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट उम्मेद्धवार बनेका थिए । आफु उम्मेद्धवार भएर निर्वाचन लड्दा करिब ५ कठ्ठा जग्गा बेचेर चुनाव लडेको छोरा प्रताप राईले बताए ।
कर्णबहादुर राई प्राय साइकलमा यात्रा गर्ने गरेको श्रीमती धनलक्ष्मी राई बताउछिन । राईपरिवारले जाँड रक्सी मासुमंसमा कहिल्यै खर्च गर्नु नपरेको धनलक्ष्मी राईले स्मरण गरिन ।
सामाजिक काम बढी भएपनि कम खर्च हुन्थ्यो । चामल, दाल र तेल जस्ता खाध्यपदार्थहरु आफनै खेतीमा उत्पादन गरिने भएकोले नुन चिनी मसलाहरु खरिद गथ्र्यौ, धनलक्ष्मीले स्मरण गरिन ।

स्व. कर्णबहादुर राईको परिवार । स्रोत परिवार
स्वा. कर्णबहादुर राईले इमान्दारी पुर्वक सामाजिक कार्यहरु गरेको समकालिन साथी वर्ष ८६ का डम्बरबहादुर राई स्मरण गर्छन । हामीले पेल्टीमारीबाट पथरी सरेर आएपछि थुपै्र कामहरु सम्पन्न गरेको बताउछन ।
पञ्चायत बिरोधी कम्यूनिष्टहरु प्रति स्वार्गिय राई अनुदार रहेको बाम राजनितिक गर्ने समकालिन साथीहरु बताउँछन । पञचायतकै प्रधानपञ्च भएपनि २०४६ सालको परिवर्तनसिल आन्दोलन र माओबादी जनयुद्धले समेत राई परिवारलाई केहि असर नगरेको परिवार बताउँछन । हाम्रो परिवारलाई धाकधम्की दिएर चन्दा माग्न कोही कसैबाट पनि नआएको धनलक्ष्मी राईले बताइन ।
इमान्दार कर्तब्यसिल रहेकै हुनाले राजनैतिक रुपमा स्थापित भइ परमधाम भएका कर्णबहादुर राईको १ श्रीमती १ छोरा÷बुहरी २ छोरी १ नाति छन ।






