पथरी । इलाका प्रहरी कार्यालय पथरीले कासाको थाल, लोटा करुवा चोरी गरि बेच्ने र किन्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
छिमेकीहरुको समान चोरी गरी बेच्ने पथरीशनिश्चरे नगरपालिका ४ जरायोटलका सुनिल राई सहित ४ जनालाई पक्राउ गरेको हो । सुनिलले बिभिन्न ब्यात्तीहरुको घरबाट ८ थान काँसाको लोटा, ७ थान करुवा, ४ थान काँसाको थाल को १४ प ४२० नम्बरको मोटरसाइकल चोरी गरि बेचेको र किन्ने मान्छे सहित पक्राउ गरेको प्रहरीले जानकारी दियो ।


इप्रका पथरीका प्रमुख डिएसपी गणेश श्रेष्ठको अनुसार किन्ने मानिसहरुलाई पनि पक्राउ गरि म्याद थप गरिएको तर नाम भने गोप्य राखिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया