
पथरी । डाँस मोरङगी सामुदायिक वन उपभोत्ता समुहले एकदिने झाडी सफाइको काम सम्पन्न गरेको छ ।
पथरीशनिश्चरे १० मोरङमा स्थापित यस समुहले हिजो बुधबार आफ्नो वन क्षेत्रमा झाडी सफाइको काम सम्पन्न गरेको हो ।
करिब ३ सय जना उपभोत्ताहरु भेला भएर वन क्षेत्रमा रहेको अनावश्यक झारहरु फाडेका थिए ।
वार्षिक कार्ययोजना अनुसार झाडी सफाईको काम सम्पन्न भएको वन समुहका अध्यक्ष मदन पोख्रेलले जानकारी दिए ।
३ सय ६७ घर धुरी उपभोत्ता रहेको यस वन १ सय ९६ हेक्टर भन्दा बढी वन क्षेत्र उपभोत्ता समुहलाई नेपाल सरकारले हस्तानतरण गरेको छ ।





