
पथरी । सुंगुर र खसिलाई मोटाउनको लागी लगाउने संगिनी सुई प्रयोग गरेको मासु खाँदा बाँजोपन हुने खतरा रहेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।
पथरीशश्चिरे नगरपालिकाको पशुपक्षी तथा मत्स्य विकास शाखा प्रमुख डा. सवल पोख्रेलका अनुसार विषेश गरि पोथी जातको सुंगुर र खसिलाई ३ महिने सुइ प्रयोग गरिएको मासु खाँदा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भनाई रहेको हो ।
३ महिने संगिनी सुईमा प्रोजेस्टेरोन हर्मोन हुने भएकोले सुई प्रयोग भएको मासु खाँदा महिलाहरुमा महिनावारी गडबडी हुने, शारिरिक बृद्धिदरमा असर गर्ने र कुरुपता समेत आउन सक्ने डा. पोख्रेलको भनाई रहेको छ ।
यस्तै पथरीशनिश्चरे १ मा संचालित मोरङ अस्पतालमा कार्यरत डा. उमेश गुरागाईका अनुसार संगिनी सुई प्रयोग भएको मासु खाँदा महिला र पुरुषमा नै बाँजोपन आउन सक्ने बताए ।
पशुपालकले नै संगिनी सुई प्रयोग नगर्न सुझाव दिदै मानव स्वास्थ्यमा असरमा हुने भएकोले यसको लागी सम्बन्धीत स्थानिय निकायले मासु ब्यवसायीको पसलबाट नमुना संकलन गरि ल्याव टेष्ट गर्नु पर्ने सुझाव दिए ।






