पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले फोहोर मैला ब्यवस्थापनका लागी प्रयोगमा ल्याउदै आएको डम्पीङ साइटमा लगाएको आगो निभाएको छ ।
डम्पीङ साइटमा लगाएको आगोबाट निस्कीएको धुँवाको कारण बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाई प्रत्यक्ष रुपमा असर गरेको भन्दै स्थानिय धनकुमार तामाङको अगुवाइमा गएको डेलिगेसन टोलीको माग बमोजिम आगो निभाइएको हो ।
पथरीशनिश्चरे नगरपालिका वडा न. १ का अध्यक्ष भीम राईले चाँडै नै फोहरमैला ब्यवस्थापनको लागि स्थायी रुपमा समाधान गरेर जाने बताउँदै यसको लागी तयारी गरिरहेको बताए ।
डम्पीङ साइटमा आउने दिनमा आगो नलागाउने र लगाइएको पाइएमा कारवाही गरिने अध्यक्ष राईले बताए । अस्पतालबाट निस्कने फोहोर मैलालाई पुरेर ब्यवस्थापन गरिने पनि वडा अध्यक्ष राईले जानकारी दिए । तस्वीर सन्तोष राई 

तपाईको प्रतिक्रिया