पथरी । पथरीशश्चिरे नगरपालिका वडा न. २ मोरङका वडा अध्यक्ष नैना राई वडाबासीको हितमा रहेर लोकप्रिय काम गरिरहेका छन ।
वडाका प्रत्येक चौक टोलहरुमा प्राय दैनिक पुग्छन । वडाका नागरिकलाई सामन्यतया बिपत्ती पर्दा पनि राहत सामग्री लिएर पुगिरहेको हुन्छन ।
टिमवर्कलाई संगठित गरेर परिचालन गर्नुसक्नु नैनाको सफलताको सुत्र हो, भने वडाबासीलाई समस्या परेका बेला बिभिन्न माध्यमबाट जुटाएर घरघरमा पुर्‍याउनु सक्नु कला हो ।
कार्यपालिकाबाट बिनियोजित सिलिङ बजेट जम्मा ६२ लाख ९० हजार रुपैयाँ छ । सडक सफाईको अभियान श्रमदानबाट सफल रुपमा संचालन गरिहेका वडाध्यक्ष राईले सडक मर्मतको काममा आफै लागीरहेको भेटिन्छन ।
वडाध्यक्ष राईले किसानलाई सुख्खायाममा सिंचाईको समस्या समाधान गर्न गोही होली र लाटी होलीबाट पानी तान्न ३ इन्च बराबरको मोटर ४ स्थानमा वितरण गरेका छन । त्यसैगरि उचाईं ठाँउ भएको किसानलाई ८ स्थानमा बोरिङ मोटर पनि वितरण गरे ।
खोलाबाट पानी तानेर सिंचाइ परिक्षण सफल भएमा आउने वर्षहरुमा अझ निरन्तर दिने सोंच रहेको बताँउछन ।
वडा भरि गत वर्ष १५० वटा सडक बत्ती राखेकोमा यस वर्ष त्यसलाई मर्मतको काम संचालन गरिरहेका छन ।
शहिद रत्नकुमार बान्तावा मार्ग नगरपालिका र संघिय सरकारको ५०/५० प्रतिशत लगानी हुने गरि ९१ लाखमा ठेक्का लागीसकेको बताए ।
उत्त बजेटले गोहीहोली र लाटीहोलीमा पक्की कल्र्भट निर्माण हुनेछ भने १८ फिट चौडाईको १२ सय मिटर सडक पिज बन्नेछ ।
१ सामुदायिक विद्यालय शरश्वती प्रावि, कक्षा १२ सम्माका ४ निजी विद्यालयहरु रेडस्टार मावि र बाल्मीकि मेमोरियल माबि छ भने चिनारी अंग्रेजी स्कुल र जुनतारा अंग्रेजी स्कुल संचालनमा रहेको छ । ऋतम्भरा बहुमुखी क्याम्पस, सिडलिङ मन्टेश्वरी सहित विश्वनाथ संस्कृत विद्यालय समेत रहेको छ । पथरी नगर अस्पताल संचालनमा रहेको छ । केहीदिनमा अस्पतालमाको करिब १२ सय मिटरको निर्माण सम्पन्न हुदैछ ।

 

तपाईको प्रतिक्रिया