पथरी । पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापोले पथरी नगर पशु अस्पतालको उद्घाटन गरेका छन ।
आज बिहिबार एक कार्यक्रमको बिच पथरीशनिश्चरे नगरपालिका ३ प्रगतीटोल मोरङमा निर्माण भएको नगर पशु अस्पतालको उदघाटन नगर प्रमुख तुम्बापोले गरेका हुन ।
यस कार्यालयको २०६९ कात्तिक २७ गते सिल्यान्यस भएको थियो ।
छैठौं तहको भेटनरी डा. सवल पोख्रेलको नेतृत्वमा अन्य पशु प्राविधिकहरु सहित हप्तामा ६ दिन र सार्वजानिक विदा बाहेक कार्यालयबाट सेवा उपलब्ध हुनेछ ।
यस कार्यालयबाट पशुको निशुल्क औषधी उपचार, निशुल्क कृतिम गर्भधान, निशुल्क बन्ध्याकरण लगायतका सुबिधाहरु उपलब्ध हुने जनाइएको छ ।वडा नं. ३ का अध्यक्ष बिजय लिम्बुको अध्यक्षतामा भएको सो कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत शशि राई, योजना तथा प्रशासन शाखा प्रमुख शिव राई, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्का, कार्यपालिका सदस्य मिना तामाङ, अन्जना शिवाको उपस्थिति रहेको थियो

तपाईको प्रतिक्रिया