बि. बि. एस. चौथो वर्षको परिक्षामा सहभागी भएर ८५.८ प्रतिशत ल्याई नेपाल प्रथम भएकी बिना घिमिरे आफ्नो बाबआमा सहित । तस्वीर तिम्मा न्यूज

विजय खम्बु

पथरी । पथरी बुहुमुखी क्याम्पस पथरीशनिश्चरे १ मोरङकी छात्रा वर्ष २२ बिना घिमिरे बि. बि. एस. चौथो वर्षको परिक्षामा सहभागी भएर ८५.८ प्रतिशत सहित नेपाल प्रथम भएकी छिन ।
पथरीशनिश्चरे ३ छिमेकीलाइन घर भएकी बिना घिमिरे हिजो टियूले सार्वजानिक गरेको परिक्षाफल अनुसार नेपाल प्रथम भएकी हुन ।
पथरीशनिश्चरे ७ लामाटोली मोरङको दुर्गा माबिबाट कक्षा १ देखी १० सम्मा अध्ययान पूरा गरि पंचायत माबि पथरीबाट कक्षा ११ र १२ सकेकी बिना पथरी बहुमुखी क्याम्पसका अध्ययनरत छात्रा थिइन ।

पथरी बहुमुखी क्याम्पसको भवन । तस्वीर पथरी बहुमुखी क्याम्पस
बाबु टंकप्रसाद घिमिरे र आमा टंककुमारी घिमिरेको काइली छोरी बिना नेपाल प्रथम खबर सामाजिक संजालबाट थाह पाएपछि उत्साहित छन ।
५ छोरीहरुको बाबुआमा घिमिरे दम्पतीले छोरीहरुको शिक्षा प्रति सचेत भएर मिहनत गरेर लागी पर्ने ब्यात्तीहरु हुन ।
गाई, भैंसी, बाख्रा र कुखुराबाट भएको आम्दानीले छोरीको शिक्षामा लगानी गर्ने घिमिरे दम्पती समाजको उदाहरणिय पात्रहरु हुन ।

बिनाको परिवारले गाई भैसीहरु गोठमा । अहिले २ माँउ गाई र १ माँउ भैंसी दुहुना छ । बस्तुलाई घाँस काट्न गोबर सोहर्न बाबुआमालाई सघाउछिन । तस्वीर तिम्मा न्यूज
२०५० सालमा बैवहिक सम्बन्धमा बाधिएर २०५२ सालमा फेदाप ५ इसिबु तेह्रथुमबाट पथरीशनिश्चरे ३ बसाई सरि आएका घिमिरे दम्पतीसंग १५ कठठा जमिन रहेको छ । ठुली छोरी कोमल घिमिरे रिजाल एमएड, माइली छोरी रेखा घिमिरे एमएड गरेर जागिर खाइरहेकी छिन भने साइली छोरी मिना घिमिरे एबिएस सेकेन्ड सेमिस्टारमा टियू किर्तिपुरमा र कान्छी छोरी मेलिस्का घिमिरे पंचायत माबिको कक्षा ११ मा अध्ययनरत छिन ।

बिनाको घरमा निर्माण गरिएको बाख्राखोर । तस्वीर तिम्मा न्यूज
खाध्यबाली उत्पादन र पशुचौपाय पालनबाट भएको आम्दानीले छोरीहरुको पढाइमा लगानी गर्दा आनन्द आएको बाबु टंकप्रसाद घिमिरेको भनाई छ । छोरीहरुले पढिदिएको हुनाले हामी बाबुआमाले लगानी गर्न उत्साहित भयौ ।
घिमिरे दम्पतीले ५ जना छोरीहरु नै सामुदायिक विद्यालयबाट अध्ययन गराएका थिए । काइली छोरी बिनाको परिक्षाफल प्रति सन्तुष्ट हुँदै सम्पूर्ण प्राध्यपक, क्याम्पस ब्यवस्थापन समिति लगायत सबैमा आभार ब्यात्त गरे । पथरी बहुमुखी क्याम्पस २०६४ सालमा स्थापना भएको थियो ।
यस सन्दर्भमा पथरी बुहुमुखी क्याम्पसलका प्रमुख शान्तीराम तिम्सीनाका अनुसार टियूले सार्वजानिक गरेको रिजल्टको नम्बर न्यूज पोर्टलमा आएको समाचार अनुसार बिना घिमिरे नै नेपाल पथम भएको बताए ।

तपाईको प्रतिक्रिया