पथरी । महागुरु फाल्गुनन्दको आज १३९ औँ जन्मजयन्ती रहेको छ । १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्मजयन्ती आज हो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा महत्त्वपूर्ण योगदान पुर्याएको हुनाले आजको दिनलाई बिशेष स्मरण गर्ने गरिएको छ ।
किरात समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन २००५ सालमा भएको थियो । २०६६ मङ्सिर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
आज देशको राजधानी काठमाडौं सहित बिभिन्न स्थानमा फाल्गुनन्द जयन्ती मनाइन्छ ।






