
पथरी । संचारकर्मी अर्जुन काफ्ले सम्मानित भएका छन । पथरीशनिश्चरे प्रिमियर लिग २०८० को समापन कार्यक्रममा आज शनिबार संचारकर्मी काफ्लेलाई सम्मान गरेको हो ।
कात्तिक १० गतेबाट संचालनमा रहेको लिगलाई समाचारको माध्यमबाट प्रचार प्रसार गरेको हुनाले नेपाली ढाका टोपी र सम्मानपत्रले सम्मानित गरेको थियो ।
संचारकर्मी काफ्लेलाई पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापोले सम्मान पत्र प्रदान गरेका थिए ।





