पथरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पथरीशनिश्चरे नगरपालिका–४ मा सामुदायिक प्रतिष्ठानको सिलान्यास गरेका छन ।
गणेश/अम्बिका प्रतिष्ठानद्धरा निर्माण गर्न लागिएको सामुदायीक भवनको शिलान्यास मुख्यमन्त्री केदार कार्कीले गरेका हुन ।
१ करोड ४६ लाख ३१ हजार १३ रुपयाँ २६ पैसाको लागतमा ठेक्का लागेको थियो । सिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य मानबहादुर लिम्बुको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानको नाममा ५ कठठा जग्गा स्थानिय गणेश/अम्बीका भण्डारीले प्रदान गरेको हो । प्रतिष्ठानका अध्यक्ष पर्शु कार्कीका अध्यक्षतामा भएको कार्यक्रम सागर भट्टराई र रामप्रसाद न्यौपाने ले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया