पथरी । शान्ति सामुदायिक वन उपभोत्ता समुह पथरीशनिश्चरे १ मोरङको अध्यक्ष पदको लागी वर्ष ४३ का कुलमणि गुरुङले आफ्नो उम्मेद्धवरी घोषणा गरेका छन ।
यहिं मंसिर १६ गते शनिवारको दिन हुने यस समुहको १५ औ चुनावि साधरण सभाका लागि वर्तमान कोषाध्यक्ष समेत रहेका गुरुङले अध्यक्ष पदमा आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन ।
साधरणसभाको दिन मंसिर १६ गते सर्बसम्मत समिति चयन नभए मंसिर २३ गते शनिवारकै दिन मतदान हुने जनाइएको छ ।
अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका गुरुङले सम्पूर्ण उपभोत्ताको घरघरमा गएर मत माग्ने काम गरिरहेको जानकारी दिए । आफुले यस समुहको सदस्य र कोषाध्यक्ष पदमा रहेर २ कार्यकाल काम गरेको अनुभव रहेको बताउदै अध्यक्ष पदमा रहेर वन विकास र संरक्षणमा योगदान पुर्‍याउने प्रतिवद्धता जाहेर गरे ।
१ हजार ६१ जना मतदाता संङख्या रहेको शान्ति सामुदायिक वन उपभोत्ता समुहमा ३५ टोला क्षेत्र रहेको छ ।
यस समुहलाई नेपाल सरकारले १ सय ९८ हेक्टर वन क्षेत्र हस्तानतरण गरेको छ ।
अध्यक्ष पदका प्रत्यासी गुरुङले मंसिर १० गतेसम्मा सदस्यता नविकरण गर्ने समय रहेकोले कोही उपभोत्ता सदस्यको नविकरण गर्न छुट भएका सदस्यहरुलाई नविकरण गर्न अनुरोध समेत गरेका छन ।

तपाईको प्रतिक्रिया