
पथरी । २ नम्बर वडा कार्यालयले सार्वजानिक गर्ने प्रत्येक सुचना वडाबासीको पहुँचमा पुर्याउने उदेश्यले सुचना साइकल संचालनमा ल्याएको छ ।
पथरीशनिश्चरे नगरपालिका वडा नं २ मोरङले आफना कार्यालयका प्रत्येक सुचनाहरु प्रभावकारी रुपमा बनाउदै प्रत्येक नागरिकहरुमा संचार गर्ने उदेश्यले सुचना साइकल संचालनमा ल्याएको हो ।
विद्युतीय सूचना साईकल सुरुवात वडा कार्यालयले १ लाख ५० हजार रुपैयाँको बजेटबाट खरिद संचालनमा ल्याएको वडा अध्यक्ष नैना राईले जानकारी बताए ।





