
विराटनगर । नोवेल मेडिकल शिक्षण अस्पताल विराटनगर स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको छ ।
आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर आयकर तिर्ने नोवेल मेडिकल शिक्षण अस्पताललाई सरकार सम्मान गरेको हो । एक कार्यक्रमको आयोजना गर्दै अस्पताललाई स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको थियो ।
राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा नोबेल मेडिकल कलेजका तर्फबाट डा खगेन्द्र प्रसाद शर्मालाई अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्मान गरेका थिए ।
नोबेल मेडिकल कलेज स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी कर तिरेर पाँच पटक सम्मानित भईसकेको छ ।






