
पथरी । मेडिकल ब्यवसायी दुर्गा प्रसाईले आफुलाई प्रहरीले नजरबन्दमा राखेको भनेर दायर गरेको रिट फिर्ता भएको छ ।
प्रहरीले प्रसाईलाई शुक्रबार घरमै नजरबन्दमा राखेको भनेर वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको हो ।
आइतबार न्यायाधीश कुमार चुडालको इजलासमा बहसका क्रममा प्रसाई खुला रुपमा भाषण गरिरहेको प्रसङ्ग उठेपछि वरिष्ठ अधिवक्ता भण्डारीले रिट फिर्ता लिएका थिए
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएपछि आइतबार न्यायाधीश कुमार चुडालको इजलासमा बहस हुँदा रिट फिर्ता भएको थियो ।






