
पथरी । शान्ति सामुदायिक वन उपभोत्ता समुहको अध्यक्षमा आइवी राईले आफनो उम्मेद्धवारी घोषणा गरेका छन ।
यहिं मंसिर १६ गते शनिवारको दिन तोकिएको १५ औं चुनावि साधरणसभामा अध्यक्ष पदको लागी आफनो उम्मेद्धवारी घोषणा गरेका हुन ।
अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका राई गत साधरणसभाबाट सदस्य पदमा निर्वाचित भएका थिए ।
पंचायत माबि पथरीको बिद्यालय ब्यवस्थापन समितिको सदस्य तथा पथरी उद्योग बाणिज्य संघको सदस्य समेत रहेका राई स्टील तथा गृल ब्यवसायी हुन । अध्यक्ष १ उपाध्यक्ष १ सचिव १ सहसचिव १ कोषाध्यक्ष १ गरि जम्मा १५ सदस्य समिति गठन गर्नु पर्ने भए पनि अध्यक्ष सचिव र कोषाध्यक्ष पका आकंक्षी धेरै छन ।
१ हजार ६५ उपभोत्ता सदस्य रहेपनि यहिं मंसिर १० गतेसम्मा १ हजार १५ जनाले सदस्यता नबिकरण गरेको जनाइएको छ ।





