
पथरी । पथरीशनिश्चरे नगरपालिका १ मा स्थापित शान्ति सामुदायिक वन उपभोत्ता समुहको १५ औं चुनाबि साधरण सभाको उदघाटन संघिय सांसद डा. सुनिल शर्माले गर्ने भएका छन ।

मंसिर १६ गते शनिबारको दिन यस समुहको कार्यालय परिसरमा सम्पन्न हुने खुल्लासत्रको उदघाटन मोरङ क्षेत्र न. ३ बाट निर्वाचित संघिय सांसद डा. सुनिल शर्माले गर्ने भएका हुन ।
समहुका अध्यक्ष कुलबहादुर गुरुङ (केबि) का अनुसार संघिय सांसद डा. शर्मा सहित प्रदेश १ मोरङ क्षेत्र ३ (१) बाट निर्वाचित सांसद मानबहादुर लिम्बु प्रदेश १ की सांसद गिता तिम्सीना पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापो सहित जनप्रतिनिधिहरु अतिथी रहने छन ।
१ हजार १५ सदस्य उपभोत्ता संङख्या रहेको यस समुहलाई नेपाल सरकारले १ सय ९८ हेक्टर क्षेत्रफल हस्तानतरण गरेको छ ।






