
पथरी । हेमभक्त गुरुङले पथरीशनिश्चरे नगरपालिका १ मोरङमा स्थाििपत शान्ति सामुदायिक वन उपभोत्ता समुहको अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका छन ।
आज तिम्मा न्यूजसंगको कुराकानी गर्दै हाल उपाध्यक्ष पद सम्हाली रहेका गुरुङले मंसिर १६ गते हुने १५ औं साधरणसभाबाट आफनो अध्यक्ष पदमा आफनो उम्मेद्धवारी घोषणा गरेका हुन ।
लामो समयदेखी सामुदायिक वनमा रहेर काम गरेको अनुभव रहेको बताउदै दिगो वन विकास र ब्यवस्थापन योगदान गर्न उम्मेद्धवारी दिएको गुरुङले बताए ।
भुल्के सिमसारलाई विकास गरेर स्थानिय तथा बाह्य पर्यटक भित्राउदै दिगो आम्दानीको स्रोतको बनाएर लगि उपभोत्ताहरुमा रोजगार सृजना गर्ने लक्ष रहेको गुरुङले प्रतिवद्धता जनाए । वन क्षेत्रमा काम गरे पाएको ज्ञान र सिपलाई सहि ढंगले सदुपयोग गर्दै उपभोत्ताको हितमा रहेर इमान्दारी साथ काम प्रतिवद्धता जनाउदै सर्बसम्मत ढंगबाट सबै पदहरुमा नेतृत्व चयन हुने पनि अपेक्षा रहेको जनाए ।





