
पथरी । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन भएको छ । पथरी शनिश्चरे नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा कलाकारहरुले सडक नाटक पर्दशन गरिरहेका हुन ।
दोबाटे समूहका कलाकारहरु हरेन्द्र खत्री, भीष्म न्यौपाने, पूर्णकला राई, प्रेम गुरुङ, मेनुका कुलुङ, विक्रम धिमाल, दिपा ढकाल लगायत कलाकारको प्रस्तुति रहेको नाटक मञ्चन भइरहेको सुचना संयोजक सन्तोष राईले बताए ।
नाटकको निर्देशन हरेन्द्र खत्री र भीष्म न्यौपानेले गरेका हुन् ।





