इटहरी /  केहि महिना अघि उपहार तय गरेकाे डिजिटल पेन्टसले अंग्रेजी नया वर्षकाे स्वागत गर्दै अागामी पुस १७ गते बिजेता घाेषणा गर्ने भएकाे छ ।गत भदाैमा डिजिटल पेन्ट्सको ” डिजिटलको हर्ष, उपहारकाे वर्षा योजना सार्वजनिक गरेकाे यस कम्पनीले अंग्रेजी नया वर्ष २०२४लाइ स्वागत गर्दै बिजेताहरू र उनिहरूले पाएकाे उपहार घाेषणा कार्यक्रम गर्ने भएकाे हाे । डिजिटल पेन्टसका उत्पादन खरिद गर्दा फ्रिज देखि ल्यापटप,र बम्पर उपहारमा रू एक लाख नगदकाे बम्पर उपहार याेजना ल्याएकाे थियाे ।

ग्राहकले रु ५० हजार सम्मको डिजिटल पेन्ट्स खरिद गर्दा एक थान स्क्रयाच कुपन पाउने , त्यस्तै २ थान स्क्रयाच कुपन बराबर एक आकर्षक ब्याग प्राप्त गर्न सकिने उक्त पेन्टसले याेजना ल्याएकाे थियाे । कुपनमा पेन्ट्सले बम्पर उपहार योजना रु १ लाख समेत राखेको छ । कुपनमा डेल ल्यापटप , ३२ इन्च एलइडी टिभी ,फ्रिज,र सान्त्वनामा भित्ते घडी समावेश गरिएका छन् । पहिलो उपहार स्वरूप एक थान डेल ल्यापटप राखिएको छ भने दोस्रोमा ३२ इन्चको एलइडी टिभी , तेस्रोमा फ्रिज ,चौथोमा सान्त्वना १५ जनालाई भित्ते घडी राखिएको छ ।

त्यस्तै पेन्टसले बम्पर अफरमा भने रु एक लाख को पुरस्कार राखेको छ । साे पुरस्कार घाेषणा तथा बितरण कार्यक्रम अागामी पुस १७ गते तय गरेकाे हाे । कार्यक्रम डिजिटल पेन्टसकाे फेशबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिने जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया