
विजय खम्बु
पथरी । पथरी गाउँ पंचायतको संस्थापक जनप्रतिनिधी देवीप्रसाद भेटवाल पथरीशनिश्चरे नगरपालिकाको लागी एउटा इतिहास बोकेको ब्यात्ती हुन ।
६४ वर्ष उमेर पुगेका भेटवाल नाङखोल्याङ ताप्लेजुङमा जन्मीका हुन । बसाई सराई गरि साविक पथरी ४ आएका भेटवाल पंचायतकालमा २ कार्यकाल जनप्रतिनिधी भएर काम गरेको अनुभव छ ।
२०३९ सालमा भएको स्थानिय निर्वाचनमा वडा सदस्य निर्वाचित भएर काम गरेका भेटवाल २०४३ सालमा वडा अध्यक्ष निर्वाचित हुदै २ कार्यकाल जनप्रतिनिधी भएर काम गरे ।
२ कार्यकाल जनप्रतिनिधी भएर काम गर्दा जम्मा ३० हजार रुपैयाँ बजेटको काम गरेको अनुभव सुनाए । त्यो ३० हजार बजेटले भोटेघुम्ती पैनि र इन्द्रेणि पैनीको लागी १५/१५ हजार बिनियोजन गरेर काम गरेको स्मरण गरे ।
तलब भत्ता केही हुन्थेन । बैठक भएको बेला चना चिउरा खाएको सम्झन्छन । २ कार्यकालमा अहिले जस्तो होटलमा खाना वा खाजा खाइदैनथ्यो । त्यसबेला सदस्यहरुले वडा अध्यक्षले भनेको मान्नु पर्ने र वडा अध्यक्षलाई सर्जिमिन आउदा साक्षी बस्ने र विकासका काममा जनता परिचान गर्ने मात्रै अधिकार थियो ।
नागरिकता सिफारिसमा हस्ताक्ष गर्न पाउदैन थियो । त्यसबेला नै जनता परिचालन गरेर पथरी डाइनियाँ सडक श्रमदान गरेर खनेको बताए । इन्द्रेणि पैनि ठयाक्कै ३ महिना लगाएर खनेको थियौं, भेटवाल भने । इन्द्रेणि पैनि खन्दा रणमान राई अध्यक्ष र आफु सचिव रहेको बताउदै त्यसबेला पैनिबाट पानी पुराएर त्यही पानीमा ३ महिना पछि नुहाएको थियौं ।
चन्द्र किरातेश्वर माबिको स्थापना बाँसको भाटा र स्याउलाले बारेर सुरु गरेको बताउदै अहिले त्यही स्कुल पढने विद्यार्थीहरुले राम्रो नतिजा ल्याएर पास गरेका,े जागिर खाएको, नाम कमाएको सुन्दा आफुलाई खुसी लाग्ने बताउँछन ।
२०३५ सालमा पथरी बसाइ सरेर आएको भेटवाल ५ छोरा २ छोरी ६ नाती ५ नातिनीको अबिभावक हुन । परिवारको आर्थिक अवस्था मजबुद पार्न साउदी कतार र बराहइन बैदेशिक रोजगारीका लागी गएका बताउछन । हाल गाउँ घरको सामाजिक काममा योगदान गरिरहेका भेटवाल हरियाली सामुदायिक वन उपभोत्ता समुह एक कार्यकाल अध्यक्ष भए ।






