
नोबेल मेडिकल शिक्षण अस्पताल विराटनगर `इआरसीपी´ प्रबिधिबाट सफल उपचार भएको छ ।
खोटेहाङ्ग गाउँ पालिका वर्ष ७२ पदमकुमारी राईको पित्त नलीमा रहेको ५० वटा जती ढुंगा विना शल्यक्रिया मुखबाट इण्डोस्कोप छिराएर झिकेर सफल उपचार भएको हो ।ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. मोहन खड्का नेतृत्वको चिकित्सा टोलीले उनको इआरसीपी प्रविधिबाट उक्त ढुंगा निकालेको थियो ।
प्रौढ उमेर दमको समस्या त्यसमाथि फोक्सो सुन्निएको र पित्त नली ढुंगाले भरिएर दुखाईयुक्त जण्डिस भएको अवस्थामा उहाँको पित्त नलीको ढुंगा निकाल्न सफल भएको अस्पताल प्रशासनले जानकारी दियो ।
करिव ५० वटा जति ६ देखि १० एम एम को ढुंगाहरु एकै प्रयासमा निकाल्न सफल भयौं डा. मोहन खड्काले भने । विरामीको अवस्था अहिने सामान्य रहेको र डिस्चार्ज हुने क्रममा रहेको छ ।

के हो त इआरसीपी प्रविधि ?
पित्त नलीको ढुंगा निकाल्न पेट चिरेर शल्यक्रिया गर्ने गरिन्थ्यो । प्रविधिको विकास संगै ल्यापारोस्कोपिक विधि सुरु भए पछि पेटमा ठूलो चिरा लाएर शल्यक्रिया गर्नु पर्ने बाध्यता रहेन तर पित्त नली भित्रको ढुंगा निकाल्न नली चिर्नै पर्ने हुन्छ । इआरसीपी विधिमा मुखबाट इण्डोस्कोपको सहायताले सानो तार संगै बेलुन छिराएर पित्त नली सम्म पुगी ढुंगा तानेर आन्द्रामा निकालिन्छ र ढुंगा दिसाबाट बाहिर निस्कने गर्दछ । पित्त नली अथवा आन्द्राको क्यान्सर तथा प्याङ्क्रियाजको क्यान्सरको कारणले पित्त नली साघुरिएको हुन सक्छ त्यस्तो अवस्थामा पनि यो प्रविधिबाट स्टेण्ट छिराई साधुरिएको स्थानमा राख्ने गरिन्छ र साघुरिएको भाग खुल्ला बनाइन्छ । इआरसीपी प्रविधिले रोगको पहिचान र उपचार दुवैमा फाइदा पुर्याउदछ । हामीलाई पित्तथैलीको पथरिया र पित्तनलीको पथरिया एउटै हो जस्तो लाग्छ । तर पित्तथैलीको पथरिया र पित्तनलीको पथरिया फरक फरक हो । इआरसीपी प्रविधि पित्तनलीको पथरियाको उपचारको लागि प्रयोग हुन्छ । पद्धति नोबेलले पूर्वी नेपालमै पहिलो पटक २०७५ सालबाट प्रयोगमा ल्याएको थियो







