
पथरी । गठबन्धनको बिषयलाई लिएर चरम असन्तुष्टी भईरहेको बेला नेपाली कांग्रेस पार्टीले पथरीशनिश्चरे नगरपालिकाको १ वडामा राजेन्द्र बस्नेतलाई वडा अध्यक्षको उम्मेद्धवार घोषणा गरेको छ ।
आइतवार बसेको बैठकले बस्नेतलाई उम्मेद्धवार घोषणा गरेको हो । बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध बस्नेत लोकप्रिय युवा ब्यवसायी हुन । नेकपा एमालेको लालकिल्लाको रुपमा रहेको यस वडा नं. १ मा नेपाली कांग्रेसले सर्बसम्मत वडा अध्यक्षको उम्मेदवारमा राजेन्द्र बस्नेतलाई अगाडी सारेपछि अहिले चर्चाको बिषय बनी रहेको छ । गत स्थानिय निर्वाचनमा नेकपा एमालेका उम्मेद्धवार बाबुराम एङदेन सहित प्यानलनै निर्वाचित भएको यस वडामा स्वतन्त्र उम्मेद्धवार धनकुमार तामाङ दोस्रो र नेपाली कांग्रेसका उम्मेद्धवार प्रतित सुब्बा तेस्रो भएको थियो ।
त्यती बेला स्वतन्त्र उम्मेद्धवारी दिएका तामाङ नेकपा एमाले पार्टीको मोरङ सचिवालय सदस्यको जिम्मेवारी बहन गरिरहेका छन भने यो समाचार तयारी पार्दासम्मा धनकुमार तामाङ पनि एमालेबाट वडा अध्यक्षको उम्मेद्धवारको दौडमा रहेको बुझिएको छ । ्
नेकपा माओबादी (केन्द्र) र नेकपा (एकिकृत समाजबादी) जनता समाजवादी लगायत दलहरुले आफनो उम्मेदवार वा गठबन्धनको उम्मेद्धवारको बिषयमा टुङगो लगाइसकेको छैन । तस्वीर गोबिन्द लिम्बुको फेसबुकबाट साभार






