
पथरीशनिश्चरे नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य । तस्वीर तिम्मा न्यूज
विजय खम्बु
पथरी । एउटा कर्मचारीसंग दुरदर्शि योजना हुँदा पथरी नगर अस्पतालमा जस्तै विकासको ढोका खुलेर जान्छ । नागरिकले प्रत्यक्ष रुपमा सहज सेवा पाउँछन । एउटा गाउँ शहरको रुपमा विकास भएर जान्छ ।
२०६४ बैसाख ४ गते उपस्वास्थ्य चौकी पथरीमा प्रमुख भई सरुवा भएर आएसंगै पाँचौं तहमा बढुवा हुदैँ हाल सातौं तहमा रहेका मुरारी आचार्य हाल पथरीशनिश्चरे नगरपालिका कार्यालयमा स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हाली रहेका छन ।

पथरी नगर अस्पतालले संचालनमा ल्याएको भवनको तस्वीर । तिम्मा न्यूज
२०६६ सालमा पथरी बजारमा एउटा सानो भवन मात्रै भएको स्वास्थ्य चौकीलाई बृहत बनाएर सेवा विस्तार गर्ने सरकारी निति अनुसार प्रमुख मुरारी आचार्यले स्थानिय राजनितिक दलका प्रतिनिधी सहित सरोकारवाला संस्था तथा ब्याँतीहरुको सहभागितामा बैठक बसालेका थिए ।
उत्त भेलामा करिब ६० जनाको सहभागिता रहेको थियो । त्यो भेलाले स्वास्थ्य चौकीको लागी भवन निर्माण गर्न जग्गा खोजविन गर्न चण्डीप्रसाद राई, तिलक बान्तावा, दिलिपकुमार राई (किशोर) मोहन तुम्बापो, वीरबहादुर बस्नेत, रुपनाररायण भट्टराई, लक्षुमान गजमेर, टेकबहादुर राई, यदुनाथ वाग्ले सहितको टिम बनेको थियो ।

पथरी नगर अस्पतालको निर्माधिन अवस्थामा रहेको भवन । तिम्मा न्यूज
यो टिमले पथरीशनिश्चरे २ को हाल अस्पताल निर्माण भएको भवन बावुराम राई ६ कठठा, फोहाङ सेन्छेविङ ३ कठठा, शिवशंकर ढकाल १ कठठा, विजय राई १ कठठा, अर्जुन जोगी १० धुर, श्रीनाराण ढकाल डेढ कठठा, तेजबहादुर बुढाथोकी १० धुर, चन्द्र शाह डेढ कठठा, घनश्याम गिरी १ कठठा, गंगाराम गिरी १ कठठा, खडिमाया लिभाङ १० धुर, छबिलाल अधिकारी १० धुर, बिष्णुकुमार श्रेष्ठ १० धुर, लालबहादुर राई १५ धुर, जंगिप्रसाद राई ६ धुर, मानबहादुर थापा १० धुर, तुलसादेवी राई १५ धुर, रामकुमार गुरुङ १० धुर, होमबहादुर गुरुङ १० धुर, यज्ञप्रसाद ढुङगेल १ कठठा, केशब प्रसाद दाहाल १ कठठा प्रेम राई १० धुर, रणबहादुर फागो १० धुर ले जग्गा दान गरेका छन ।

उत्त स्थानमा पहिलो भवनको लागी नेपाल सरकारको १ करोड ४० लाख रुपैयाँको लागतमा भवन निर्माण भएर स्वास्थ्य सेवा सुचारु गरेको थियो । पहिलो भवनमा तत्कालिन स्वास्थ्य सेवा बिभागको नासु सन्तोष घिमिरे हाल (लालिगुराँसर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्छ) वहालाई स्मरण गर्न चाहान्छु, आचार्य भन्छन् ।
हाल इमरजेन्सी सेवा संचालनमा रहेको भवन युएनएचसिआरले निर्माण सम्पन्न गरि हस्तानतरण गरेको हो । २०७६ सालमा पथरीशनिश्चरे नगरपालिकाको ५ औं नगरसभाले स्वास्थ्य चौकीलाई १५ बेड बेडको नगर अस्पताल घोषणा गर्दै एक करोड बजेट छुट्टाएपछि अस्पतालले विकास रुप लिएको थियो नेपाल सरकार स्वास्थ्य मन्त्रालयको हाल १८ करोड बढीको लगानीमा बजेटमा २ तले भवन निर्माणको ८० प्रतिशत काम सकिएको छ । नगरबासी नागरिकले हिजो हाल दैनिक ४ सयजना हाराहारीमा सेवा लिइरहेका छन भने साउन भदौ असोजमा ७ सय जनाले सेवा लिएको तथ्याङक छ ।

नयाँ निर्माणधिन भवनको लागी स्वास्थ्य मन्त्रालयको तत्कालिन निमित्त सचिव डा. शुसिलनाथ प्याकुरेल, सोही फाँटका सुर्य खडका फणिन्द्र गिरीलाई सम्झन तत्कालिन नगरप्रमुख कार्यपालिका सदस्यहरु स्मरण गर्न चाहान्छु, गर्ने गरेको आचार्यको भनाई छ ।
यो अस्पताल भवन निर्माण गर्न र कामलाई दु्रत गतिमा अगाडी बढाउन बाबुराम राईको नभएको भए संस्थाको यो अवस्थामा नआउने आचार्यको भनाई छ । बाबुराम राई दाजुको काम गर्ने इच्छाशत्ती र हुटहुटीले गर्दा नै आजसम्मा भएका काम सफल हुन सकेको बताए ।
हाल यस अस्पतालबाट बिशेषज्ञ ओपिडी सेवा, हाड जोर्नी, फिजिसियन, छालारोग बिशेषज्ञ, स्त्री तथा प्रसुती रोग बिशेषज्ञ, २४ सै घण्टा प्रसुति सेवा, मानसिक तथा नसारोग बिशेषज्ञ, फिजियो थेरापी, आँखा उपचार केन्द्र, अत्याधुनिक प्रबिधी सुबिधा सम्पन्न ल्याब सेवा, इमरजेन्सी तथा बिरामी भर्ना, अत्याधुनिक प्रबिधीयुत्त ५०० एमए को एक्सरे सेवा, भिडियो एक्सररे सेवा, मुटु इको, मस्तीष्कको इइजी सेवा, नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमबाट उपलब्ध हुने सम्पूर्ण सेवाहरु संचालनमा छन ।
नगरको सबै वडामा आधारभरुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गरेर सेवा प्रबाह भएको छ । जसका लागी नेपाल सरकारले तोकेको मापदन्द अनुसार बनाइएका भवन निर्माण गरेर सरेवा प्रवाह गर्न सफल भएको थियो ।






