
पथरी । पथरीशनिश्चरे नगरपालिका १ मोरङमा क्यान्सर पिडित वर्ष १८ का बालक राजेश राईको उपचारको लागी आर्थिक सहयोग गरेको छ ।
पथरीशनिश्चरे २ मा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्थामा स्थापना गरिएको स्वा. कुलप्रसाद भट्टराई स्मृति अक्षयकोषबाट नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
क्यान्सर पिडित बालकको अण्डकोषमा क्यासर भएको र उपचार गर्न आर्थिक कठिनाई भइरहेको भन्दै पिडित राईको आमाबाबुले सहयोगको अपिल गरेका थिए ।
यो रकम प्राप्त भएकोले धन्यबाद दिदै उपचारको लागी भरतपुुर क्यान्सर अस्पताल लाने तयारी गरिरहेको परिवारले बताए ।
यो अक्षयकोष खोटाङको साकेला गाँउपालिका २ रतन्छामा जन्मीएका स्वा. कुलप्रसाद भट्टराईका माइला छोरा इन्द्रप्रसाद भट्टराईले स्थापना गरिदिएका हुन ।
क्यान्सर पिडित बालकको अबिभावक लर्ड बुद्ध साकोसको शेयर सदस्य रहेको समितिको निर्णय अनुसार यो सहयोग रकम प्रदान गरिएको संस्थाका ब्यावस्थापक गणेशकुमार राईले जानकारी दिए ।
तस्वीर गोपाल काफले





