पथरी । एकिकृत नेकपा माओबादी केन्द्रले पथरीशनिश्चरे नगर प्रमुख (मेयर) पदको उम्मेद्धवारमा दिननाथ तिम्सीनालाई सर्बसम्मतीको साथ अगाडी बढाएको छ ।
पार्टी कार्यालय पथरीशनिश्चरे १ क्यम्पस मोडमा बसेको बैठकले तिम्सीनालाई मेयर पदको उम्मेद्धवारी सर्बसहमतीको साथ अगाडी बढाएको हो ।
चार दलिय गठबन्धनले सर्बसहमतीको साथ साझा उम्मेद्धवार बनाउन नसके पछि माओबादी केन्द्रले आज आइतबार मेयर पद्मा तिम्सीनाको उम्मेद्धवारीलाई सर्बसम्मतीको साथ अगाडी बढाउदै पार्टीको उपल्लो निकायमा सिफरिस गरेको माओबादी स्रोतले बताएको छ ।
उपमेयरमा अनु राई, टंकमाया गौतम (राधिका) र रञ्जु कटुवाल उपमेयर पदमा सिफरिस भएको छ । भोली यदि गठबन्धनले नै निर्वाचनमा सहभागी हुन गएमा यो उम्मेद्धवारहरु हेरफेर हुन सक्ने माओबादी स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया