सन्तोष राई
पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेले नगरका विभिन्न क्लबहरूलाई आज फुटबल वितरण गरेकी छिन ।
उप–प्रमुख काफ्लेले जाँते मोड स्पोर्टस क्लब, टी.वाई.एफ.सी. त्रिवेणी चौक, पशुपति युथ फुटबल क्लब, पुलचौक फुटबल क्लब, डाँस खोला फुटबल क्लब, कुशे चौरी फुटबल क्लब, कञ्चनजंघा फुटबल क्लब, थ्री स्टार क्लब, गोलचौरी फुटबल क्लब, १० नवोदय फुटबल क्लब, आइतबारे फुटबल क्लबलाई फुटबल वितरण गरिएको हुन ।
उप–प्रमुख काफ्लेसँगै फुटबल वितरण कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक दीपक राईको पनि उपस्थिति रहेको थियो । संयोजक राईले फुटबल वितरण कार्यक्रममा नगर खेलकुद सप्ताह आयोजना हुने भएकोले सबै खेलाडीहरुले सहभागिता आग्रह गरे ।

तपाईको प्रतिक्रिया