
वर्तमान वडा अध्यक्ष विजय लिम्बु (आङबुहाङ) । तस्वीर तिम्मा न्यूज
विजय खम्बु
पथरी । पथरीशनिश्चरे नगरपालिका ३ मोरङमा पूर्व वडा अध्यक्ष र वर्तमान वडा अध्यक्ष बाबुछोरा निर्वाचित भए ।
२०४९ सालमा भएको स्थानिय निर्वाचनमा साविक पथरी गाबिस वडा न. ७ को वडा अध्यक्षमा स्व. हर्कबहादुर लिम्बु निर्वाचित भएका थिए ।
२०७९ मा भएको निर्वाचनमा पथरीशनिश्चरे नगरपालिका वडा ३ का वडा अध्यक्ष नेपाली कांग्रेसबाट उम्मेद्धवार बन्दै छोरा वर्ष ४६ का विजय लिम्बु निर्वाचित भएका छन ।
बाबु छोरा एकै वडाको अध्यक्ष बन्ने अवसर राजनितिक बृतमा कमै मान्छेले पाउने अवसर हो । तर लिम्बु परिवार भाग्यमानी नै हुन भन्न सकिन्छ ।
पूर्व वडा अध्यक्ष बाबु स्वर्गिय हर्कबहादुर लिम्बु सवारी दुरघटना परि २०६४ सालमा निधन भएपछि १० औं वर्षको बैदेशिक रोजगारीलाई पूर्णबिराम लगाउदै नेपालमा आएर बाबुको बिंडा थाम्न राजनितिमा लागेका ब्यात्ती हुन विजय लिम्बु ।

पूर्व वडा अध्यक्ष स्व. हर्कबहादुर लिम्बु (आङबुहाङ) । तस्वीर परिवार स्रोत
भारतको लखनउमा जन्मीएका विजयको प्रारम्भीक शिक्षा तेह्रथुम आठराईमा भएको थियो । बाबु भारतिय सेनाबाट अवकास पाएर आएपछि सामाजिक र राजनितिक गतिबिधीमा संलग्न भएका थिए । २०३६ सालमा पथरी बसाई सरेर आएका लिम्बु परिवारको मुख्य आयस्रोतको खेती किसानी हो ।
विजय लिम्बुलाई नेपाली कंग्रेस पार्टीको तर्फबाट २०७४ सालमा पनि वडाअध्यक्ष पदको उम्मेद्धवार बनाएर चुनाबि मैदानमा होमाएइको थियो । विजयलाई नेकपा एमालेका लोकप्रिय नेताको रुपमा परिचय बनाएका डम्बर चेम्जोङले १७० मतले पराजित गरे ।
पुन: दोस्रो पटकको प्रयासमा २०७४ मा भएको निर्वाचनमा वडा अध्यक्ष पदमा चुनाब लडदा उनको निकटतम प्रतिद्धन्दीलाई ५८६ मतले पराजित गर्दै वडा अध्यक्ष बन्न सफल भएका हुन ।
जनप्रतिनिधी बन्दा र नबन्दाको अनुभव कस्तो छ भनी प्रश्न गर्दा विजय भन्छन, नहुँदा के के न गर्छु भन्ने लाग्थ्यो तर अहिले वडा अध्यक्ष भइसके पश्चात निति र कानुनको कसीमा बसेर काम गर्नुपर्ने भएकोले सिक्दै काम गरिरहेको बताए ।
विजय लिम्बु ट्यक्टर ब्यवसायी हुन । राजनिति र सामाजिक सेवाको आलवा ब्यवसाय पनि गर्नुपर्छ भन्ने मान्यता राख्छन । २ छोरी १ छोराको बाबु रहेका विजयको घरमा श्रीमति उनि सहित ५ जनाको परिवार हो ।
राजनिति र सामाजिक काम गर्ने ब्यात्तीले परिवारलाई आर्थिक भार थेग्न ब्यवसाय गर्नै पर्ने हुन्छ । आर्थिक भार थेग्न सकिएन भने सामाजिक कार्य गर्नै नसकिने अनुभव सुनाए ।
आफु राजनितिमा आएर अंस बापत आएको ४ कठठा खेती बेचेको बताउछन । अहिले २३ कठठा छ । त्यही जमिनमा धान दाल तरकारी उत्पादन गरेर गुजारा चलाउदै आएको बताए ।
अहिले विजय लिम्बुको वडामा ७२ लाखको सिलिङ बजेट छ । २२ सय घरधुरी संख्या छ । वडाको क्षेत्र ठुलो र बजेटको आकार सानो भएको हुनाले विकास निर्माणमा देखिने गरिको काम नभएको स्वीकार गर्छन ।
तर यस पटकको आउने बजेटमा देखिने बजेटका योजनाहरु रहेको लिम्बुको भनाई रहेको छ ।






