
पथरी खानेपानी तथा सरसफाई समितिका अध्यक्ष जयराम बिष्ट ।
विजय खम्बु
पथरी । नगरबासीको घरघरमा खानेपानी पुर्याउने पबित्र उदेश्यले दैनिक ८ घण्टासम्मा निरन्तर समय दिएर काम गरिरहेका जयराम बिष्ट काम गरे वापत तलब भत्ता केही लिदैनन् ।
पथरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिको अध्यक्ष निर्वाचित भएपछि बिहान, दिउसो र बेलुका नै संस्थाको स्तरउन्नती गर्दै सफा र स्वाच्छ खानेपानी पुर्याउन मिहेनत गरिरहेको हुन्छन ।
समितिले काम गरेको दिनको भत्ता लिने र दिने निर्णय गरेपनि २०७९ जेष्ठ २९ गते निर्वाचित भएर आए पछि नै अध्यक्ष बिष्टले तलब भत्ता लिएका छैनन ।

पानीको इयर फिल्टर ट्याङकी।
समितिको पदाधिकारी सदस्यहरुको दुरदर्शी योजनाले गर्दा नै यतिबेला पथरी खानेपानी तथा सरसफाई उपभोत्ता समिति दु्रत गतिमा कामलाई अगाडी बढाउन सफल भइरहेको हो ।
पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा प्रष्ट देखिन सकिने योजनाहरु मध्ये खानेपानी संस्थाले गरेको प्रगती पनि एउटा नमुना हो भन्दा अत्यायुत्ती नहोला ।

हाल संचालनमा रहेको ओबरहेट ट्याङकी ।
पथरीशनिश्चरे वडा न. १, २, ३ र ७ को प्रत्येक घरमा खानेपानी पुर्याउने उदेश्य सहित दु्रतगतिले काम गरिरहेको छ ।
यो स्थास्था २०५२ सालमा नेपाल सरकारको खानेपानी मन्त्रालयबाट १ करोड ४० लाख रुपैयाँमा निर्माण सम्पन्न गरि समुदायलाई हस्तानतरण गरेको थियो ।

संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष र वर्तमान अध्यक्षहरुको कार्यकाल सहितको बोर्ड ।
अहिले भूमिगत र मुलको स्रोतबाट प्रति सेकेन्ड ४५ लिटर र दैनिक १८ लाख लिटर पानी उत्पादन गरेर ग्राहकको धारासम्मा वितरण हुन्छ ।
पथरी खानेपानी तथा सरसफाई समितिसंग हाल २ हजार ७ सय ४४ घरधुरी ग्राहक संख्या रहेको छ । समितिले जम्मा १ सय ३५ किलोमिटर खानेपानी बिच्छाइ सकिएको समितिका अध्यक्ष जयराम बिष्टले जानकारी दिए ।
हालसालै वडा न. २, ३ र ७ को कार्यालयहरुको समन्व र सहकार्यमा वडा न. २ को देबिगञ्ज/किरातीचौक, कसेनी, कालापानी, जयचौक/नेवारटोल, वडा न. ३ को सागरमाथा टोल दक्षिण क्षेत्रमा पाइप विस्तारको काम सम्पन्न भएको अध्यक्ष बिष्टले जानकारी दिए ।

वर्तमान संचालक समिति ।
वडा कार्यालयहरुले आफ्नो वडा क्षेत्रमा पाइप गाडने ड्रेन खनिदिएको र खानेपानी उपभोत्ता समितिले ३८ लाख बराबरको पाइप बिस्तार फिटिङको काम गरिसकेको जानकारी दिदै माग भए बमोजिम धारा जडानको काम पनि गरिरहेको जानकारी दिए ।
ग्राहकको घरमा पानी पुर्याए वापत संस्थाले मासिक १० लाख रुपैयाँ बराबर आम्दानी गर्ने गरेको सचिव महेन्द्रकुमार राई भनाई रहेको छ । ग्राहकले तिर्ने महसुल नै आम्दानीको मुख्य स्रोत हो ।
पानीको सतह र क्वालिटी मापन गर्ने सफ्टेयर जडान गरिएको हुनाले संस्थाको काम गर्न सहज रहेको ब्यवस्थापक राजेन्द्र तिम्सीनाले जानकारी दिए । संस्थालाई सुझाव सल्लाह दिनको लागी प्रत्येक घरधुरी उपभोत्ताले एप्स डाउनलोड गरेर पानीको महसुल संस्थाको गतिबिधी जानकारी लिनको लागी पूर्ण डिजिटल प्रबिधी उपयोग गर्न सकिने काम भइरहेको संस्थाका ब्यवस्थापक तिम्सीनाको भनाई रहेको छ ।

कार्यालयकी कर्मचारी कार्यालय सहायक मोनिका घिमिरे ।
यहि आर्थिक वर्षमा संघिय खानेपानी मन्त्रालयबाट ७९ करोड ५७ लाख ९३ हजार बजेट लगानीमा निर्माण हुने २ वटा ओबरहेट टयाङकी र २ सय ८५ किलोमिटर पाइप बिस्तारको लागी डिपिआर सम्पन्न भएर सम्बन्धीत निकायमा गइसकेको छ । यो डिपिआर पथरीशनिश्चरे नगरपालिकाको १० वटै वडामा गरिएको छ ।
एउटा ओबरहेट टयाङकीमा ४ लाख ५० हजार लिटर पानी अटने छ भने २ वटामा ९ लाख लिटर पानी अटने क्षमताको टयाङकी निर्माण हुनेछ । हाल रहेको ओभरहेट टयाङकी २ लाख २५ हजार लिटर क्षमताको हो ।

कार्यालयकी कर्मचारी जिन्सी सहायक कृष्णकला भट्टराई ।
सामुदायिक विद्यालयहरुको हकमा ६० प्रतिशत महसुल छुट गरिएको र आर्थिक विपन्न परिवारलाई बार्षिक १० वटा खानेपानीको मिटर, पाइप, धारा सहित ३ वर्षको लागी महसुल समेत निशुल्क रहने गरिएको अध्यक्ष बिष्टले जानकारी दिए । यो सेवाबाट हालसम्मा २० घरधुरी लाभवन्वीत भएको पनि अध्यक्ष विष्टले बताए ।
आफुले यसरी काम गर्न पाउनु आफुभन्दा अग्रज ब्यात्तीत्वहरुले योगदान गरेको हुनाले नै सम्भव रहेको अध्यक्ष बताउँछन । खानेपानी संस्था स्थापना नभएको भए काम गर्ने अवसर नै नजुटन सक्थ्यो । त्यसैले समितिको संस्थापक र पूर्व सञ्चालक समितिहरु प्रति कृतज्ञ छु, अध्यक्ष बिष्टले भने ।
संस्थामा कार्यरत कर्मचारीहरुको लगनसिलताको कारण पनि सबै कामहरु सम्भव रहेकोले अध्यक्ष बिष्टले धनयबाद दिए ।

कार्यालयका अपरेटर/चौकीदार धनबहादुर थापा, अध्यक्ष बिष्ट र ब्यवस्थापक राजेन्द्र तिम्सीना
तस्वीरहरु तिम्मा न्यूज






