
पथरी । सर्पोर्ट पुनस्र्थापना केन्द्रले लागुऔषध नियन्त्रण सम्बन्धी एक दिवसिय कार्यक्रम सम्पन्न गरेको छ ।
पथरीशनिश्चरे नगरपालिका ७ मोरङमा स्थापित यस सर्पोट पुनस्र्थापना केन्द्रको आयोजना र पथरीशनिश्चरे नगरपालिका वडा न. १ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी गणेश बहादुर श्रेष्ठले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
पंचायत माबि र सुनाखरी माबि पथरीशनिश्चरे १ का छात्र छात्राहरुलाई कार्यक्रममा सहभागी गराएर लागुऔषधको दुरब्यसनीबाट हुने असर र समाजमा दुरगामी क्षतीको विषयमा १ वडाका अध्यक्ष भिमकुमार राईले जानकारी गराएका थिए ।
केन्द्रका संचालक बिपिन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लागुऔषध दुरब्यसनी परामर्शदाता पाल्देन शेर्पा लगायतको उपस्थिती रहेको थियो ।






