पथरी । सामुदायिक वन संरक्षण गर्दै समुहमा भित्र रहेका उपभोत्ताहरुलाई ब्यवसायिक बनाउने लक्ष्य रहेको हरियाली सामुदायिक वन उपभोत्ता समुहका अध्यक्ष काबुलबहादुर मगरले बताएका छन ।
आज बुधबार हरियाली सामुदायिक वन लिमिटेडको दोस्रो साधरण सभालाई सम्बोधन गर्दै शेयर सदस्यले लगानी गरेको रकम सुरक्षित रहने बताउँदै सबैलाई ब्यवसायिक बनाउने लक्ष्य रहेको बताएका हुन । सामुदायिक वनसंग सहकार्य गरेर संचालनमा आएको यो कम्पनी नेपालमा नै पहिलो र नयाँ काम रहेको बताउँदै, सिक्दै काम गर्दै सफल बनाउने जनाएका थिए ।
पथरीशनिश्चरे नगरपालिकाको निवर्तमान जनप्रतिनिधीले कम्पनीको १० प्रतिशत शेयर लगानी गर्ने सहमती भए पनि वर्तमान जनप्रतिनिधीले लगानी गर्न नसक्ने भन्दै पन्छीएको बताए ।
संघिय सरकारको पर्यटनमन्त्री भानुभत्त ढकाल हुँदा २ करोड ७० लाख दिएको र १ करोड ४६ लाख स्थानिय सरकारले लगानी गर्नुपर्ने भएपनि अहिले गर्न नसक्ने भन्दै पन्छीएको बताए ।

कम्पनीको अध्यक्ष अशोक कुमार राईले पेश गरेको प्रतिवेदन अनुसार हरियाली पार्कलाई घेराबारा गर्ने, पार्किङ स्थल निर्माण गर्ने, सास्कृतिक संग्राहलय निर्माण गरिने, थिएटरहल निर्माण गरिने सहित भाबि कार्ययोजना पेश गरेका थिए ।
आ.व २०७९/८० को यथार्थ वासलात पेश गर्दै कम्पनीको जम्मा सेयर पुँजी २ करोड २९ लाख ९६ हजार ३ सय रुपैयाँ रहेको र २०८१ मा ३५ करोड पुर्याउने लक्ष्य रहेको उल्लेख छ ।
कम्पनीसंग बैंक हिसाव, धरौटी, पेश्की सापटी र स्थिर सम्पती २ करोड २० लाख २७ हजार ४ सय ७६ रुपैयाँको रहेको प्रतिवेदनमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया