
पथरी । नेकपा माओबादी केन्द्रबाट पथरीशनिश्चरे ७ न. वडा अध्यक्ष पदका उम्मेद्धवार मोहन लिम्बुले अति बिपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा गरिदिने बताएका छन ।
आइतवार भएको भेटमा वडा अध्यक्ष पद्का उम्मेद्धवार लिम्बुले जितेको पहिलो बर्ष सय जनालाई निशुल्क तालिम दिएर रोजगारी दिदै समृद वडा बनाउने बताए ।
पथरी डाइनिया जाने भत्कीएको कृषीमार्ग सडकलाई पिज गर्ने, अब्यबस्थीत बसोबासी र सुकुम्बासी समस्या लागी समाधान गर्ने, लामाटोलबाट वडा कार्यालय हुदै किरातीचौक निस्कने बाटो पिजिङ गर्ने, मंगलबारे देखी पूर्ब दक्षिण जानेबाटो पिज गर्ने, पथरीशनिश्चरे२ र ७ को सिमानामा रहेको गोहीहोलीमा पुल निर्माण गर्ने गर्ने ।
गत स्थानिय निर्वाचनमा एमालेका उम्मेद्धवार कपिलमणि ढकालले ७०७ ल्याएर सेट नै जितेको थियो । उत्त निर्वाचनमा माओबादी केन्द्रका उम्मेद्धवारले ५६५ ल्याएर दोस्रो स्थानमा थियो ।
वडामा रहेको ३ ओटा सामुदायिक बिद्यालय चन्द्र किरातेश्वर माबि, बाल कल्याण माबि, र दुर्गा माबिलाई बिशेस प्राथामिकता दिएर शैक्षिक स्तर उन्नती गर्दै वडाको शैक्षिक हब बनाउने बताए ।






