पथरी । पथरीशनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्बापोले निर्माण मजदुरहरुलाई सुचिकृत हुन अपिल गरेका छन ।
आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख तुम्बापोले निर्माण क्षेत्रमा कार्यरत मजदुरहरुलाई नगरपालिका कार्यालयले स्थापना गरेको श्रमिक हितकोष ब्यवस्थापन समितिमा सुचिकृत हुनअनुरोध गरेका हुन ।
निर्माण मजदुरहरु काम गर्नेक्रममा दुरघटनामा परि घाइते तथा ज्यान समेत जानसक्ने अवस्थालाई मध्यनजर गरि स्थापना गरिएको उत्त समितिमा सुचिकृत भई लाभ लिन अनुरोध गरेका थिए ।
वार्षिक रुपमा श्रमिक हित ब्यावस्थापन समितिको माध्यमबाट संचालन हुने कोषमा सिलिङ बजेटबाट छुट्टाएर लाने उदेश्य रहेको प्रमुख तुम्बापोले बताए ।

तपाईको प्रतिक्रिया