
उर्लाबारी । उर्लाबारी नगर क्षेत्रमा रहेको लाम्पाते सिमसारलाई पर्यटकिय स्थलको रुपमा विकास गरेर लाने उदेश्यका साथ बनभोज कार्यक्रमको आयोजना गरेको छ ।
लाम्पाते सिमसार क्षेत्रमा शनिबार संचार क्लव नेपाल उर्लाबारीले वनभोज कार्यक्रमको आयोजना गर्दै पर्यटकिय स्थालको रुपमा विकास गरेर लाने उदेश्य रहेको जनाएको हो ।
संचार क्लव नेपालका पूर्व अध्यक्ष घनश्याम भण्डारीले बेतेनी सिमसार र बाँसेचौरी वनभोज स्थललाई विकास गरिसकिएको भन्दै अब लामपाते सिमसारको विकास गर्न सबै पक्ष एक ढिक्का भएर प्रचार प्रसारमा जुटनु पर्ने बताएका थिए ।
समाजसेवी जयधर्म आचार्यले स्थानिय स्तरमा रहेका ठाउँहरुलाई सदुपायोग गर्न संचारकर्मीको भूमिका महत्वपूर्ण हुनेभएकोले लाम्पाते सिमसारको विकासको पक्षमा सबैले कलम चलाई दिन अनुरोध गरे ।
उर्लाबारी नगर प्रमुख गंगा खरेलले स्थानिय सरकारबाट हुने सहयोगमा कन्जुसाई नहुने भन्दै सबैसंग सहकार्य र समन्वय गर्दै अगाडी बढने बताए । क्लवका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रम तिलक बर्देवाले संचालन गरेका थिए ।






