ताप्लेजुङ । संघिय सांसद डा. सुनिल शर्माले ताप्लेजुङका बिरामीहरुलाई काठमाण्डौं मेडिकल कजेजमा निशुल्क उपचार गर्ने घोषणा गरेका छन ।
नेपाली काँग्रेस पार्टी ताप्लेजुङ स्थित फुङलिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.शर्माले औषधी र स्वास्थ्य सामग्री बाहेकका सबै उपचार निशुल्क गर्ने घोषणा गरेका हुन ।
२०८१ सालको वैशाख महिना अगावै ताप्लेजुङ जिल्लाको बिभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविरको संचालन गरेर स्वास्थ्य सेवा दिने प्रदान गर्ने पनि जानकारी गराए ।
मानव स्वास्थ्यको क्षेत्रमा उल्लेख्य योगदान पुर्याउदै आएको नोवेल मेडिकल कलेज विराटनगर र काठमाण्डौं मेडिकल कलेजका संचालक समेत रहेका डा. शर्मा मेडिकल क्षेत्रबाट सबै भन्दा बढी सरकारलाई कर भुत्तानी दिने ब्यात्तीको रुपमा सम्मानित भएका थिए । तस्वीर सौजन्य सुमन बिक

तपाईको प्रतिक्रिया