पंचायत माबि पथरीशनिश्चरे १ का प्रधानाध्यापक अर्जुनकुमार बुढोथोकी ।
विजय खम्बु
पथरी । अर्जुनकुमार बुढाथोकीको “अर्जुनदृष्टी” ले गर्दा ३ हजार २ सय विद्यार्थीहरुले शिक्षा लिइ रहेको पंचायत माबि प्रदेशकै नमुना विद्यालय हो ।
२०४९ साल पौष १७ गते पंचायत माबि पथरीशनिश्चरे १ मा निजी स्रोतबाट शिक्षण पेशा सुरु गरेका बुढाथोकी हाल पंचायत माबिको प्रधानाध्यापक छन ।
२०५२ सालमा अस्थाई आयोग र २०६० मा स्थाई आयोगबाट माबि तहको शिक्षकको नियुक्त भएका थिए । २०६४ सालमा पथरी बहुमुखी क्याम्पस प्रमुख नियुत्त भएर २ कार्यकाल सेवा गर्दा क्याम्पसको जग्गा प्राप्ती, भवन निर्माण र शैक्षिक वातावरणलाई स्थापित गर्न पुर्याएको योगदान प्रशंसायोग्य र स्मरणयोग्य रह्यो ।

पथरी बहुमुखी क्याम्पसको सुबिधा सम्पन्न भवन  ।
पथरी बहुमुखी क्याम्पस निर्माण हुनुमा सभाषद चण्डीप्रसाद राई, सभाषद लालबहादुर सुस्लीङ, पूर्व पथरी गाबिसका अध्यक्ष, स्व. तिलक बान्तावा, पूर्व शनिश्चरे गाबिसका अध्यक्ष मोहन न्यौपाने, समाजसेवी वीरबहादुर बस्नेत, कृष्णाप्रसाद उप्रेती, प्रेम हुक्पा चोङबाङ, दिननाथ तिम्सीना वर्तमान नगर प्रमुख मोहन तुम्बापो पर्शु मिश्र सहितलाई स्मरण गर्दछु, बुढाथोकीले भने ।
पथरी बहुमुखी क्याम्पस निर्माणको क्रममा परिषद सदस्यहरुको योगदान, भवन निर्माण समिति, संचालक समिति, शिक्षक, प्रध्यापक, कर्मचारी, राजनितिक दल, संचारकर्मी, ब्यापारी, बुदिजिबी र मजदुरहरुले अहोरात्र खटाई धन्यबादको पात्र रहेको बढाथोकी बताउँछन ।

पंचायत माबिको सुबिधा सम्पन्न भवन ।
२०७० सालबाट पंचायत माबिको प्रधानाध्यापक नियुत्त भएपछि अहिले यस बिद्यालय कोशी प्रदेशकै नमुना विद्यालयमा स्थापित भयो । कक्षा नर्सरीदेखी १२ सम्मा ३२ सय विद्यार्थीहरु छन । १२ वटा ठुला पक्की भवनहरु छन । १ सय १७ जना शिक्षक शिक्षिका कर्मचारीहरु छन । नेपाल सरकारको नमुना बिद्यालय कार्यक्रमबाट ५ करोड ७० लाख लगानी गरेर अत्याधुनिक भवन निर्माण भएका छन ।

बौद्धिक अपङगहरुको लागी छात्रबास सहितको निर्माणधिन भवन ।
बौद्धिक अपांगहरुको लागी ३ करोड ७२ लाख रुपैयाँमा शिक्षण सिकाई कक्षाकोठा र छात्राबास सहितको बहुउद्देश्यीय भवन निर्माणको काम सम्पन्न भइसकेको छ । संघिय सरकारको शहरी विकास मन्त्रालयबाट यस भवनमा पक्कीवाल सहित घेराबारा गर्न १ करोड ५० लाख रुपैयाँ लागत टेण्डर आह्वान भइसकेको छ । अपुरा काम पूरा गर्न २५ लाख रुपैयाँको बजेट बिनियोजन भइसकेको प्रधानाध्यापक बुढाथोकीको भनाई छ ।

पंचायत माबिको स्थापना भएको स्थानको तस्वीर
पंचायत माबिका संस्थापकहरु तेजबहादुर थापा, टेकबहादुर बिष्ट वीरबहादुर बस्नेत, कर्णबहादुर राई, तिलकबहादुर बिष्ट, ज्ञानेन्द्र भट्टराई, भोजबहादुर वनेम, बासु धिमाल, टहलबहादुर मोत्तान, कृष्णबहादुर गुरुङ, प्रलाह्द भट्टराई हुन ।
यस विद्यालयको स्थापना पथरीशनिश्चरे १ पिपलचौक हाल कौसिला सुनचाँदी पसलको दक्षिण पट्टी रहेको खाली ठाँउबाट सुरुवात भएको दस्तावेजमा उल्लेख छ ।

बिद्यालयले संचालन गरेको चमेनागृह ।
२०३६ भदौ ६ गतेको दिन १८ जना विद्यार्थीहरु भेला गरेर बिधिवत रुपमा स्थापना भएको पंचायत माबिलाई १ वर्ष पश्चात हाल भवन रहेको स्थानमा स्थानतरण गरिएको अभिलेख भेटिन्छ । हाल अपांग अवसिय भवन निर्माण भएको स्थानमा भवन निर्माण गरि सारिएको थियो ।

प्रयोगात्मक भवन, (प्रबिधिक धार, सिभिल इन्जिजियरिङ तर्फको भवन ।
२०४० सालमा कक्षा १ देखी ५ सम्मा, २०४५ सालमा कक्षा ६ देखी १० सम्मा र २०५४ देखी कक्षा १२ सम्मा संचालनमा आएको थियो । हाल विज्ञान संकाय, कानुन, ललितकला, पत्रकारिता, शिक्षा, ब्यास्थापन र मानबिकि र कक्षा ९ बाट प्राबिधिक धार सिविल इन्जीनियरिङ कक्षा संचालनमा छ ।

बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुको तस्वीर ।
पंचायत माबिको भौतिक विकास हुनुमा शैक्षिक क्षेत्रमा गुणस्तरिय शिक्षा प्रदान भएर हाल सम्मा आउनुमा संस्थापक, ब्यवस्थापन समितिका पूर्व अध्यक्ष सहित पदाधिकारी सदस्यहरु, शिक्षक कर्मचारी, बिद्यार्थी अबिभावक सबैको योगदान बराबरी रहेको प्रधानाध्यापक बुढाथोकीले बताए ।

भूकम्प प्रतिरोधी भवनहरु ।

२०२३ असोज १७ गते पिता प्रेमबहादुर र माता गितादेवीको साइलो छोरा अर्जुन बुढाथोकीको जन्म धुलाबारी झापामा भएको थियो । धुलाबारी माबिबाट कक्षा १ देखी १० सम्मा अध्यान पूरा गरि उर्लाबारी बहुमुखी क्याम्पसबाट आइए, महेन्द्र बहुमुखी क्याम्पस धरानबाट बिए, बिपि कोइराला क्याम्पस जनकपुरबाट बिएड, बिराटनगर डिग्री क्याम्पसबाट एमए र महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजबाट एमएड गरेका छन ।
२०३५ सालबाट पथरीशनिश्चरे १ मोरङलाई कर्मथलो बनाएर बसिरहेका बुढोथोकी १ श्रीमती, २ छोरा र १ छोरीको रहेका छन । बुढाथोकी नेपाल शिक्षक महासंघ पथरीशनिश्चरे नगर कमिटि अध्यक्ष छन ।

तपाईको प्रतिक्रिया