
काठमाडौं । छथर जोरपाटी गाउँपालिका–१ धनकुटा स्थाई ठेगाना भएकी एक महिलाले बालिकालाई आर्थिक प्रलोभनमा पारी यौन क्रियाकलाप गराएको आरोपमा पक्राउ परेकी छिन ।
दोलखा भिमेश्वर नगरपालिका–९ मा बसेर काठमाण्डौं महानगरपालिका–३२ जडिबुटीमा टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गर्ने वर्ष ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङ पक्राउ परेकी हुन ।
पक्राउ परेकी तामाङले आर्थिक लाभ लिएर नाबलिकाहरुलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।






