पथरी । पथरी शनिश्चरे नगर खेलकुद महोत्सव २०८० को बुद्धिचाल खेल तर्फ २ पटकको पूर्व मोरङ च्याम्पीयन १६१५ रेटिङ रहेका अमिर राई र निलम बस्नेत बिच प्रतिस्पर्धा हुने भएको छ ।
छैठौं चरणसम्मा अपराजित यात्रा तय गरेका राई र बस्नेत बिच भोली शुक्रबार प्रतिस्पर्धा हुने भएको हो ।
सिनभिलेज पार्टी प्यालेसमा सञ्चालन भइरहेको बुद्धिचाल खेलमा आज भएको खेलमा १५९८ रेटिङ रहेका पूर्व मोरङ च्याम्पीयन लोक सागर सम्बालाई १४२२ रेटिङ रहेका निलम बस्नेतले पराजित गरेका थिए ।

तपाईको प्रतिक्रिया