
जाँते । एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको लेटाङ वडा नं. २ को आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
संस्थाको भवनमा एक दिवसीय मुटु रोगको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो । नोवेलले “स्वस्थ मुटु स्वस्थ जीवन” नाराका साथ विभिन्न स्थानहरुमा मुटु रोग सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने क्रममा उक्त दिन १०१ जना मुटुका विरामीहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरेको थियो ।
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका बरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल तथा अन्य चिकित्सकहरु सहितको टोलीले विरामीको परीक्षणका साथ १०१ जना विरामीको इकोकार्डियोग्राफि, ४५ जनाको ई. सी. जी. परीक्षण गरेको थियो । शिविरबाट ५४ जना पुरुष तथा ४७ जना महिला विरामीहरु लाभान्वित भएका छन् ।






