पथरीशनिश्चरे नगरपालिका १ वडाका अध्यक्ष भिमकुमार राई
विजय खम्बु
पथरी । पथरीशनिश्चरे नगरपालिकाको वडा न. १ मा हाल भिमकुमार राईले वडा अध्यक्ष भएर नेतृत्व गरिरहेका छन । यो वडा प्रदेशकै विकसित शहरमा दर्ज भइसकेको छ । पथरीशनिश्चरे नगरपालिकाको मुख्य केन्द्र रहेको पथरी बजारमा करिब ३ हजार हाराहरीमा सुबिधा सम्पन्न घरहरु निर्माण भएका छन । भाडामा बस्ने र स्थानियहरु सहित करिब २२ हजार जनसंख्या यस वडामा बसोबास गरिरहेका छन ।
वडा अध्यक्ष भिमकुमार राईले वडाको शैक्षिक, स्वास्थ्य, रोजगार, विकास निर्माण र बजार ब्यवस्थापनको अवस्था बारे जानकारी दिए अनुसार यस प्रकार छ ।
बजारको अवस्था
पथरीशनिश्चरे १ को बजार लाइनमा आइतबार र बिहिबार हप्तामा २ दिन हटिया लाग्छ । यो हटियामा कृषि उत्पादनका बिशेष गरि शब्जी, लत्ताकपडा, जुत्ता चप्पल, बिउ बिजन, माछा मासु पाइन्छ । पथरीशनिश्चरे नगरपालिका कार्र्यालय, बैक वित्तिय कारोबारका लागी सहकारी संस्थाहरु लघु उद्योग, ठुला ब्यापार ब्यवसाय यसै वडामा रहेको छ ।
बसोबासको हिसावले करिब २० जाती भन्दा बढीको बसोबास रहे पनि ब्रम्हण, क्षेत्री, गुरुङ, तामाङ,मगर , राई, लिम्बु याख्खा, सुनुवार दलित समुदाय, धिमाल चौधरी लगायत मधेसी समुदाय, मुस्लीम समुदायको मिश्रीत बसोबास रहेको छ ।
शैक्षिक अवस्था
पथरी बहुमुखी क्याम्पस यसै वडामा छ । कक्षा १२ सम्मा संचालित ४ वटा संस्थागत विद्यालयहरुले सुबिधा सम्पन्न भवनहरु निर्माण गरेर संचालन गरिरहेको छ । भूपु सैनिक गुठी अंग्रेजी स्कुल, अन्नपूर्ण अंग्रेजी स्कुल, न्यू प्यागोडा अंग्रेजी स्कुल र एभरेष्ट अंग्रेजी स्कुल रहेका छन भने ज्ञानकुञ्ज मन्टेश्वरी र क्यापरोज मन्टेश्वरी रहेका छन । पंचायत नमुना माबि र सुनाखरी माबि स्तरको २ वटा सामुदायिक विद्यालयहरु रहेको छ । सुन्दर बाल विकास केन्द्र पनि यसै वडामा रहेको छ ।
स्थानिय सरकार, प्रदेश सरकार र संघ सरकारबाट सामुदायिक विद्यालयको शैक्षिक सुधार र भौतिक पूर्वाधार निर्माणको लागी ३ तहकै बजेटहरुबाट काम भइरहेका छन ।

मन्दिरलाइन बुद्धचौक सडक
प्रदेश सरकारबाट पंचायत माविको बौद्धिक अपांङ तथा बहुउदेश्यीय भवन घेराबारको लागी १ करोड ५० लाख बजेट आएको छ । पथरी बहुमुखी क्याम्पसको प्रशासनिक भवन निर्माणको लागी विश्व बिद्यालय अनुदान आयोगबाट आएको ७५ लाख बजेटबाट काम भइरहेको छ ।
सुन्दरबस्ती बालविकास केन्द्रलाई गत साल नगरको सिलिङ बजेट मार्फत १० लाख रुपैयाँ परेको र त्यसको काम सम्पन्न भइसकेको छ । वडाको १ लाख ५० हजार लागतमा यस वालविकास केन्द्रमा सौचालय निर्माणको काम भइरहेको छ ।
भवन निर्माणको लागि सुनखरी माबि १७ लाख नगरबाट र वडाबाट शैक्षिक सुधार कार्यक्रम अन्र्तगत २ लाख बजेट छुटयाइएको छ ।
धार्मिक तथा सामाजिक संघ संस्था
मनकामना सामुदायिक वन उपभोत्ता समुह र शान्ति सामुदायिक वन, प्रहरी कार्यालय, ट्राफिक प्रहरी, खानेपानी संस्थान, साकेला थान, गुम्बा मठ मन्दिर, चर्चहरु, खेलकुदका लागी ग्राउण्डहरु रहेका छन । सबैै धार्मिक तथा जातिय संस्था मठ मन्दिर विकास गर्नमा वडा कार्यालयले बजेटको ब्यवस्था गरेको छ ।
शिक्षाको लागी हाम्रो वडाले बुहारी शिक्षा कार्यक्रम संचालन गरेर समुन्नत समाज निर्माण योगदान पुराउने लक्ष छ । ं
स्वास्थ्य सम्बन्धमा
गरिव तथा जेहेन्दार वडाबासीको लागी १ सय घर परिवारलाई स्वास्थ्य बिमा संचालन गरेको छ । यो नगरको बजेट हो । यस पटक पनि स्वास्थ्य बिमालाई निरन्तरता दिने योजना रहेको छ । वडामा आधारभुत स्वास्थ्य केन्द्र र २ वटा निजी अस्पताल संचालनमा छ ।
लागुऔषध दुरब्यसनी न्यूनिकरण गर्ने उदेश्यले वडाको बजेटबाट कार्यक्रम सम्पन्न गरेका छौं । वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुका विद्यार्थीहरुलाई सचेतना मुलक कार्यक्रम सम्पन्न भइसकेको छ ।
तालिम संचालन
गतसाल कफि बनाउने ब्यवसायक तालिम र कौसी खेती तालिम संचालन ड्राइभिङ तालिम गरेका थियौं । दुबै तालिमबाट सन्तुष्ट हुनेगरि कामहरु भएका छन । कौसी खेती तालिमलाई विशेष गरि अग्र्यानिक बनाउदै उत्पादनमा जोड दिने गरिको योजना बनाएर लाग्दैंछौं । बजारका मानिस सब्जीमा पर निर्भर भएको हुनाले कौसी खेतीबाट आत्मा निर्भर बनाउने योजना छ ।
यस वर्ष ड्राइभिङ तालिम र इलेक्ट्रोनिक्स र चिप्स तथा पापड बनाउने तलिम संचालन गर्दैछौंं । यो तालिम सफल भएमा बिभिन्न केमिकल रहितको खानेकुरा प्रत्येक वडाबासीको किचन पक्ने थियो भन्ने मेरो महत्वकांक्षा छ ।
विकास निर्माण
यस वर्ष नगरपालिका लाइन, पूरानो बाणिज्य बैकलाइन, फिल्महल लाइन शिखचौक हुदैं रजत जयन्तीमार्गमा सडक मर्मत शिर्षकबाट प्रदेश सरकारबाट आएको छ । यो बजेट प्रदेश सरकारको समपूरक अनुदान यो काम चाडै हुने छ । त्यसैगरी मन्दिरलाइन बुद्धचौकको बाटोमा २ करोड ६० लाख बजेटमा ११ मिटर चौडाइ भएको सडक निर्माणको लागी ठेक्का खुलीसकेको छ ।
यलम्बरचौकमा यलम्बरको प्रतिमा निर्माणको ठेक्का लागिसकेको र काम चाडैं सम्पन्न हुदैछ । त्यसैगरी रत्न हरित बोटानिकल पार्क घेराबारको लागी ५० लाख बजेट नगरबाट छुट्टिएको छ । काम हुने तयारीमा छ ।
तटबन्धन २५ लाख जलस्रोत तथा सिंचाई विकास डिभिजन संघबाट २५ लाख आएको छ । लाटी खोलमा ५ लाख रुपैयाँ र पथरी खोला तटबन्धन तथा नदि नियन्त्रणको लागी २० लाख रुपैयाँ आएको छ ।
नेपाल आदिबासी जनजाती सामुदायिक भवन निर्माणको लागी शहरी विकास मन्त्रालय अन्तरगतको ५० लाख र ४० लाख रुपैया प्रदेशबाट परेकोृ छ । यसको लागी प्रकृया अगाडी बढाई सकिएको छ ।
साथै पर्यापर्यटन क्षेत्रलाई विकास गर्ने उदेश्यले गतसाल भवन निर्माणका काम बाँकी रहेको पूरा गर्न नगरपालिकाबाट छुट्टाएको बजेटबाट सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।
सम्मान/अभिनन्दन
राष्ट्र र समाजको लागी योगदान पुर्याउने ब्यात्ती ब्यात्तित्वहरुलाई “वडा सम्पदा” को रुपमा सम्मान गर्ने कार्यक्रम पनि राखेका छौं । हाल वडामा सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरिक ५७५ जना, जेष्ठ एकल महिला ९४ जना, बिधुवा एकल महिला १८८ जना, पूर्ण अपाङग ३० जना र अति असक्त अपांग ३६ जना रहेका छन ।

ट्रबल ओच्छयाउदै
फोहोर मैला ब्यवस्थापन मुख्य चुनौतीको रुपमा रहेको छ । स्थाई समाधानको लागी निजी कम्पनीहरुसंग छलफल गरिरहेका छौ । यसको निकास नगरपलिकाको माताहतमा रहेर निर्णय हुनेछ । शान्ति वन भित्र फालिदै आएको फोहोर मैलालाई हामीले चाडै निर्णय सहित समाधान गर्ने तर्फ केन्द्रित भएका छौ ।
सुरक्षाको दृश्टीकोणलाई सर्तकता अपनाउदै वडाको बिभिन्न स्थानमा सिसि क्यामेरा जडान गरिनुका साथै सार्बजानिक सुचनाको हक सम्बन्धी रहेर बिभिन्न स्थानहरुमा फ्रि फाइफाई जडान गर्ने कार्यक्रम संचालन गर्दैछौं ।
अन्त्यमा
२०३१ असोज २ गते भोजपुर खार्तम्छामा जन्मीएका भिमकुमार राई २०३८ बसाई सराईको माध्यमबाट पथरीशनिश्चरे १ आएका हुन । २ छोराको पिता राई १ श्रीमती सहित पथरीशनिश्चरे १ हनुमानचौकमा बसोबास गर्छन । स्नातकसम्मा अध्ययन पूरा गरेका वडा अध्यक्ष राई पुस्तक पसल ब्यवसायी हुन ।

तपाईको प्रतिक्रिया