
पथरी । पथरी उद्योग बाणिज्य संघको अध्यक्ष पदमा देवी राईले आफ्नो उम्मेद्धवारी घोषणा गरेकी छिन ।
विगत २२ वर्षदेखी पथरी शनिश्चरे १ मा सनराइज स्कृन प्रिन्ट छापाखाना संचालन गर्दै आएकी राईले आफ्नो अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेकी हुन ।
फागुन ५ गते शनिवार घोषणा भएको १९ औं चुनावि साधरणसभामा आफ्नो उम्मेद्धवारी रहने भन्दै उद्योग बाणिज्य संघमा महिलाहरुको नेतृत्व पहिलो सर्त रहेको र यसलाई सर्बसम्मत रुपमा अनुमोदन गरेर लान ब्यापारी ब्यवसायी तथा संघको सदस्यहरु माझ अपिल गरेकी छिन ।
लाइन्स क्लव अफ पथरीका डिस्टीक जोन चियर पर्सन लगायत बिभिन्न संघसंस्थाको नेतृत्व गरेकी राईले सम्पूर्ण सदस्यहरुलाई माघ २७ गतेसम्मा नबिकरण र दर्ताका लागी अन्तिम मिति रहेको जानकारी दिइन ।






