
पथरी । हिसान खेल सप्ताह–२०८० अन्तर्गत शहिद रङ्गशाला, विराटनगरमा भएको फुटबल खेलमा रेडस्टार कलेज विजयी भई फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाईनल खेलमा पथरी शनिश्चरेको रेडस्टार कलेजले विराटनगरको कान्तिपुर कलेजलाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेले पछि खेलको निणर्य पेनाल्टी सुटआउटबाट भएको हो । खेलको म्यान अफ म्याच रेड स्टारका गोलकिपर समिर विष्ट घोषित भए ।
त्सैगरी,छात्रा फुटबलमा पनि रेडस्टार फाइनलमा प्रवेश गरेको छ।
छात्रा फुटबलतर्फ पहिलोे खेलमा पथरीको रेडस्टारले विराटनगरको शिक्षादिप कलेजलाई ३–० को गोल अन्तरले पराजित गरि फाइनलमा प्रवेश गरेको हो । रेडस्टारका आसिका लिम्बु, प्रमिसा श्रेष्ठ र सन्ध्या पोडेलले १–१ गोल गरिन् । वेमेन अफ द म्याच रेडस्टारका आसिका लिम्बु घोषित भईन्।रेडस्टारले छात्र र छात्रा फुटबलको फाईनलमा अर्किड कलेज बिराटनगर संग प्रतिस्पर्धा गर्नेछ। हिसान मोरङले यसै स्पोर्टस मिटरदेखि महिला फुटवल प्रतियोगिताको पनि आयोजना गरेको हो।
आज माघ १६ गते सहिद रङ्गशालामा अपरान्हको ३:०० बजेदेखि फाईनल खेल हुने जानकारी आयोजक हिसान मोरङका उपाध्यक्ष टिएन तिम्सिनाले जानकारी दिनुभयो।
फाईनल खेल लगत्तै हिसान खेल सप्ताह–२०८० को समापन कोशि प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा हुनेछ।






